सिद्धिचरण नगरपालिका आधारभुत शिक्षा सुनिश्चितता भएको घोषणा

ओखलढुंगा,भाद्र,३१-

ओखलढुंगाको सिद्धिचरण नगरपालिका लाई ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्तिता घोषणा गरिएको छ । नगरपालिका भित्रका ५ वर्षदेखि १२ वर्ष उमेरका बालबालिका बिद्यालय बाहिर नरहेको सुनिश्चित भएपछि नगरपालिकालाई सो उमेरका बालबालिका विद्यालय बाहिर नरहेको पालिका घोषणा गरिएको हो ।

१२ वडा रहेको नगरपालिकालाई आज एक कार्यक्रमको बिच सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले घोषणा गर्नुभएको हो । श्रोतव्यक्ति मार्फत गरिएको घरधुरी सर्वेक्षणका क्रममा भेटिएका ५ देखि १२ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गरिएको थियो ।

विद्यालय वाहिर रहेका विद्यार्थीलाई समेत विद्यालयमा भर्ना गराईएपछि नगरपालिकालाई ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको स्थानीय तह घोषणा गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख फडिन्द्र कटुवालले बताउनुभएको छ ।

नगरपालिका भित्रका ६२ वटा बिद्यालयमा ४ हजार ५ सय बिद्यार्थि भर्ना भएका छन् । घोषणा सभालाई सम्बोधन गर्दै नगरपालिका प्रमुख श्रेष्ठले हालको शिक्षा प्रबिधि मैत्रि भएको हुदाँ शिक्षकहरुले पठन पाठन गराउदा आफु पनि पुर्ण रुपमा तयारी हुन आग्रह गर्नु भयो ।

उहाँले विद्यालयमा बच्चाहरु आएर पढ्न सक्ने वातावरणको सृजना गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । यसतै रुम्जाटार माबीका प्राचार्य गोकर्ण बानियाँले अभिभावकहरुले बिद्यार्थिलाई बिद्यालयमा टिकाउन जोड गर्नु पर्ने र शिक्षकहरुले बढि भन्दा बढी सिकाउने कुरामा प्राथमिकता दिनु पर्ने बताउनुभयो ।

भर्ना दर सुनिश्चितता घोषणा कार्यक्रमलाई नगरपालिका क्षेत्रभित्रका विभिन्न राजनैतिकदलका प्रमुख तथा प्रतिनीधी, शिक्षक, शिक्षक अविभावक संघका अध्यक्ष, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष, श्रोत व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

यही भदौ मसान्त सम्म देशैभर यस उमेर समूहका विद्यार्थी भर्नादर सुन्य भएको घोषणा गर्ने नेपाल सरकारको कार्यक्रम अनुसार ओखलढुङ्गामा पनि भदौ पहिलो हप्तादेखी दोश्रो विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन भएको थियो ।

यसै कार्यक्रम अनुसार केहि दिन अघि मोलुङ गाउँपालिकालाई विद्यार्थी भर्ना दर सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ ।