गायक श्रेष्ठ आफ्नो प्रेमिकालाई चौतारीमा पर्खिदै

ओखलढुंगा,असोज,१-
चर्चित गायक बाल कुमार श्रेष्ठको उत्कृष्ट लोक दोहोरी गीत पर्खिएको छु सार्बजनिक भएको छ । माया प्रेममा सर्ममित श्रेष्ठको नयाँ लोक दोहोरी गीत सार्बजनिक गरिएको हो । ओखलढुंगामा जन्मिएर निरन्तर गीत संगीतमा लागी परेका गायक श्रेष्ठले उत्कृष्ट गीतहरु बजारमा ल्याईसकेका छन् ।

( भिडीयो पनी अवश्य हेर्नुहोस )

गायक श्रेष्ठले आफ्नै स्वर, शव्द र लय मार्फत धेरै गीतहरु बजार ल्याएका छन् । यसै गरी गायक श्रेष्ठले आफ्नै लय र राजु बिरही लामाको शव्द सिर्जनामा नयाँ गीत पर्खिएको छु बजारमा ल्याएका हुन् । गायक श्रेष्ठ र चर्चित गायीका मुना थापा मगरको स्वर रहेको यस गीतमा चर्चित मोडलद्धय धु्रब हिमाली र साया भण्डारीको उत्कृष्ट अभिनय रहेको छ ।

निर्देशक एकिन्द्र सारा शंकरको निर्देशन रहेको यस म्युजिक भिडियोको छायाँकन करन चैसिंरले गरेका छन् । भिडियोको सम्पादन अमर शाक्यले गरेका छन् । साई भिजन प्रालीले दृष्य निर्माण गरेको यस म्युजिक भिडियोलाई चन्द्र सुर्य फिल्मस् प्राली मार्फत सार्बजनिक गरिएको छ ।