
टोकियो,पुस,२८-नेपाल मगर संघ क्षेत्रिय समिति ओसाका जापानले आज माघे संक्रान्ती पर्व मनाउदै छ।
नेपाल मगर संघ जापानको केन्द्रिय समिती र ओसाका क्षेत्रिय समितीको संयुक्त आयोजनामा भएको माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज सोमबारका दिन मनाउन लागेको हो।
प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको मगर संघ जापानले जनाएको छ।मगर समुदायले माघे संक्रन्ती पर्वलाई हरेक वर्ष महान पर्वको रुपमा मनाउदै आएको छ।
ओसाकाको साँस्कृतिक साँझ कार्यक्रममा नेपालबाट आमन्त्रीत राष्ट्रिय लोक तथा दोहोरी गायक देवि राम राना मगर र चर्चित लोक दोहोरी गायक चेतन घर्ती मगर, रचना राना मगर र पवित्रा सारतुङ्गे मगरको विजोड गायन प्रस्तुती रहने नेपाल मगर संघ क्षेत्रीय समिती ओसाकाले जनाएको छ।
यस्तै : गल्कोट नौमती पञ्चेबाजा समुह र नृत्यमा कान्साई मगर समुहका कलाकारहरुले प्रस्तुती दिनेछन्।
उक्त कार्यक्रम निसीनारी कुमिन सेन्माटरमा दिउँसो ३ बजेदेखि साँझ ९ बजेसम्म सञ्चालन हुनेछ।
आजको माघे संक्रान्ति विशेष, साँस्कृतिक साँझ कार्यक्रममा सम्पुर्णलाई उपस्थितीको लागि नेपाल मगर संघ क्षेत्रिय समिति ओसाका जापानले हार्दिक अनुरोध गरेको छ।




