भत्ता पचाउन भन्दै आए गायक गोपाल जंग थापा (भिडीयो सहित)

काठमाण्डौं,साउन,१५-लोक दोहोरी गायक गोपाल जंग थापाले भत्ता पचाउन बोलको गित बजारमा ल्याएका छन । चर्चित गायिका तृप्ती खड्का र गायक थापाको स्वरमा रहेको उक्त गितमा चित्रकला बुढा थापा, हेमराज अधिकारी र भिमेष रिमालको अभिनय रहेको छ ।

(भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस् )

देशमा मौलाइरहेको भ्रष्टाचार, बेतिथि, सिमा सुरक्षा र स्वाभिमानलाई गित मार्फत प्रस्तुत गरिएको गायक थापाले बताए । केहि मिडिया हाउसमा कार्यरत पत्रकारहरुलाई लक डाउनको बहानामा जागिरबाट निकालिएको तथ्यलाई समेत गित मार्फत प्रस्तुत गरिएको सञ्चारकर्मी समेत रहेका गायक थापाको भनाई छ ।

राज्यको चौथो अंगका रुपमा रहेको पत्रकारिता क्षेत्र स्वतन्त्र हुन नसकेको भन्दै संकटको बेला पत्रकार निष्कासित गरिनु दुःखद भएको उनले बताए।थापाले कसै कसैलाई भत्ता पचाउन हतार हुदा गरिबीको पिडामा बाँच्न बाध्य कयौ नेपालीको चुलोमा आगो बल्न धौ धौ भएको तीतो यथार्थतालाई समेत गित मार्फत उजागर गरेका छन ।

उनले यो गित मनोरञ्जनका लागि मात्र नभई जनजागरणका लागि पनि तयार पारेको प्रतिक्रिया दिए । उनले भने यो गितमा हामीले धेरै मेहनेत गरेका छौ, सिंगो देशको पिडा, आम नेपाली जनताको भावना समेट्ने गरी पस्केका छौ ।

त्यसैले यो गीत दर्शकहरुले मन पराउने र उनीहरुको माया अझै पाउने विश्वास छ ।भत्ता पचाउन बोलको यस गितलाई चर्चित एरेन्जर केशब बडुले एरेन्ज गरेका हुन । गीतमा शब्द, संगीत र भिडीयो निर्देशन गायक थापा र चित्रकला बुढा थापाको रहेको छ ।

समाज र देशमा घटेका वास्तविक घट्नाहरुलाई समेटेर गीत गाउने थापाले आगामी दिनमा अझै राम्रा सांगितिक कोशेली बजारमा ल्याएर दर्शक स्रोताको मन जित्ने बताए ।

यसअघि गायक थापाले नेपालका नेता, क्या राम्रो रैछ नि साँफेबगर, बर पिपल छायाले, धेरै भए फटाहा जाली, नाच्ने बुढी चाहियो लगायतका गीतहरु बजारमा ल्याइसकेका छन ।

पुनश्च:गायक गोपाल जंग थापाको नेपाली गित संगितको यात्रा निरन्तर रुपमा अघि बढ्दै जाओस्,समसामयीक राजनीतीक सेरोफेरोमा रहि निमार्ण गरिएको यो “भत्ता पचाउन”बोलको गितले सम्बन्धित निकायको ध्यान केन्द्रित गरी गितमा भनेको जस्तो नभई व्यवहारीक रुपमा काम गर्न उनिहरुलाई झकझक्याओस, देशलाई सु-शान र सम्वृद्ध राष्ट्र निर्माणमा सबैको ध्यान जाओस,भन्दै यस “भत्ता पचाउन”भन्ने बोलको गितले समग्र नेपालीको मन जित्न सफल होस भन्दै कलाकार द्धय गोपाल जंग थापा र तृप्ती खड्कालाई हाम्रो बिहानी अनलाईन परिवारको तर्फबाट सफलताको लागि धेरै भन्दा धेरै शुभकामना व्यक्त गर्दछौं । साथै हाम्रो टिम सधैं यहाॅहरुको साथ र सहयोगको लागि प्रतिबद्ध रहनेछौ । धन्यवाद !!