फुलमा खोजे बोलको गित सार्वजनिक

रोशन घर्ति
दाङ,असार,२०-
मेकअप आर्टिस्ट तथा निर्देशक मेघराज बस्नेतद्धारा निर्देशित दिलकुमारी श्रेष्ठको फुलमा खोजे बोलको गित सार्वजनिक भएको छ ।

राप्ती अञ्चल सल्यानको गर्पामा जन्मिनुभएका मेघराज बस्नेत लामो समयबाट सघर्ष पछि यो गितको निर्देशन गरेको बताउनुभएको छ ।

आधुनिक गित फुलमा खोजे बोलको गितमा दिलकुमारी श्रेष्ठ र नुराज सुनुवारको स्वर अमृत फुयालको शब्द सुमन राईको सगिंत रहेको छ ।

विन्दवासिनी म्युजिक प्रालीबाट निर्माण उक्त गितको भिडियोमा सुरेश श्रेष्ठ छाँयाकन दिपक विष्टको सम्पादन रहेको छ ।

थुप्रै गितमा अभिनय समेत गरीसक्नुभएको मेघराज बस्नेतको निर्देशित उक्त गितमा अर्जुन गहतराज र निस्ता थिङको अभिनय रहेको छ ।

बस्नेतले थुप्रै म्युजिक भिडियो मेकअप आर्टिस्ट रुपमा काम गरीसक्नुभएको छ । 
यो यात्रा निरन्तर रहोस मेघराज बस्नेतलाई बिहानी अनलाईनको तर्फबाट शुभकामना