काठमाडौं,पुस,३-नेपाल प्रिमियर लिग (एनपिएल) को आज प्लेअफ दुई खेल हुदैँछ।
लिग चरणको खेलमा सुदूरपश्चिम रोयल्स शीर्षमा,जनकपुर बोल्ट्स दोस्रोमा,चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भएका थिए।
एनपिएलको प्लेअफको पहिलो खेल आज बुधवार बिहान ९ बजे तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णालीबीच हुनेछ।त्यो इलिमिनेटर खेल हुनेछ।
त्यस खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रवेश पाउनेछ।पराजित हुने टोली एनपिएलबाट बाहिरिने छ।
बुधवार दिउँसो १ बजे प्लेअफको दोस्रो खेल हुनेछ।प्लेअफको दोस्रो खेल पहिलो क्वालिफायर खेल हुनेछ।त्यसमा शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रोको जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
पहिलो क्वालिफायर खेलको विजेता टोलीले स्वतः फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ।
पहिलो क्वालिफायरको पराजित टोली र इलिमिनेटरको विजेताबीच दोस्रो क्वालिफायर खेल हुनेछ।त्यसको विजेता फाइनल पुग्ने दोस्रो टोली हुनेछ।
पहिलो संस्करणको एनपिएलको फाइनल शनिवार दिउँसो १२ बजे सुरु हुनेछ।