सातौ राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष फुटबलमा पुलिसद्वारा पूर्वाञ्चल पराजित

धरान,पौष ७-पूर्वाञ्चलको धरानमा सुरू भएको सातौ राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष फुटबलमा विभागीय टोली नेपाल पुलीसले पूर्वाञ्चललाई हराएको छ। आज धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो खेलमा पुलिसले घरेलु टोली पूर्वाञ्चललाई २(१ले हराउँदै प्रतियोगितामा विजयी सुरूआत गरेको हो । प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टिमले लिग कम नकआउट आधारमा खेल्नेछन् ।

समूह ‘क’ मा प्रहरी, पूर्वाञ्चल, पश्चिमाञ्चल र मध्यमाञ्चल तथा समूह ‘ख’ मा एपीएफ, मध्यपश्चिमाञ्चल, साविक विजेता सुदूरपश्चिमाञ्चल र आर्मी छन् । समूह विजेता र उपविजेता सीधै सेमिफाइनलमा पुग्नेछन् । पहिलो दिन समूह ‘क’ को दुई लिग खेल हुनेछ । पहिलो खेल प्रहरी र पूर्वाञ्चल तथा दोश्रो पश्चिमाञ्चल र मध्यमाञ्चलबीच हुनेछ । फाइनल सातौं राष्ट्रियको अन्तिम दिन पुस १५ गते हुनेछ ।