काठमाडौं,चैत्र,२-सत्तारुढ दश दलीय गठबन्धनको बैठक बिहीबार पनि बस्ने भएको छ ।
शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि सहमति गर्न बसेको गठबन्धनको बालुवाटारमा बुधबार साँझ बसेको बैठक निष्कर्षमा पुग्न सकेन । बैठक बिहीबार पुनः बस्नेगरी बिनानिष्कर्ष टुंगिएको हो ।
सत्ता गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार दुई जना उम्मेदवार रहेका छन् । जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव र जनमत पार्टीकी मतता झा मध्ये कसलाई मतदान गर्ने भन्ने विषयमा सत्ता गठबन्धन विभाजित भएको हो ।
नेताहरूले जसपाका यादवलाई साझा उम्मेदवार बनाउन जोड दिए पनि जनमत पार्टीले आफ्नो अडान कायमै राख्दा सहमति जुट्न नसकेको हो ।