सरकारको नेतृत्व दाबी गर्न देउवा राष्ट्रपति कार्यालय पुगे

फाईल तस्विर : प्रचण्ड कि छोरी गंगा दाहालको फेसबुकबाट साभार !!
काठमाडौं,जेठ,७-नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको एक पक्ष र माधव नेपाल समूहले संयुक्तरुपमा संसदको बहुमत पुर्याई सरकारको नेतृत्व दाबी गर्न देउवा शितल निवस पुग्नु भएको छ ।

चार पक्षका १ सय ४९ सांसदको हस्ताक्षरसहित उनीहरु अहिले राष्ट्रपति कार्यालय पुगेका हुन् ।

चारपक्षीय छलफलमा सहभागी एक नेताका अनुसार उनीहरुले कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठन दाबी गर्न लागेका हुन्।

संसदमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका गरी १४९ सांसदको हस्ताक्षर जुटेको हो।