नेपालमा एकैदिन २०३ जनाको मृत्यु, ८ हजार ५२० जनामा संक्रमीत थपिए

फाईल तस्विर !!

काठमाडौं,बैशाख,३१-नेपालमा गएको २४ घण्टामा ८ हजार ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २१ हजार ४७८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन्।

आज २०३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। जसमा नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको विवरणसमेत समावेश छ।

यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ।आज नेपालमा ६ हजार १३५ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्।

नेपालमा हालसम्म २० लाख ९१ हजार ५११ जनाले कोरोनाको पहिलो डोज खोप लगाएका छन् भने ३ लाख ६२ हजार १ जनाले दोस्रो डोज खोप लगाएका छन्।