नेपालमा नयाॅं ४२५ जनामा संक्रमण,जम्मा ५,७६० संक्रमित, १९ को मृत्यु

काठमाडौं,जेठ,३२-नेपालमा थप चार सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४२५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ३ सय ७५ पुरुष र ५० जना महिला थपिएका छन् ।

नेपालमा हालसम्म संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।आइतबार डिस्चार्ज हुनेको संख्या ६१ जना पुगेको छ ।जम्मा डिस्चार्ज हुनेको संखया ९ सय ७४ जना रहेको छ । डिस्चाजै हुनेमा पुरुष ८७७ र महिला ९७ छन् ।

संक्रमण ७३ जिल्लामा फैलिएको छ । आइसोलेसनमा ४ हजार ७ सय ६७ जना र क्वारेन्टाइनमा १ लाख ४३ हजार ४१ जना रहेका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।