एमबाप्पे चम्किदा पीएसजीको शानदार जित

फाईल तस्विर !!

एजेन्सी,फागुन,१६-फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले डिजोनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

डिजोनको मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे ।मोइस किन र डानिलो पेरेइराको नाममा एक एक गोल रह्यो ।

Image

खेलको छैटौं मिनेटमा मोइसको गोलबाट पीएसजीले अग्रता बनाएको थियो ।३२ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।

खेलको ५१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।

त्यसपछि खेलको ८२ औं मिनेटमा डानिलोले गोल गर्दा पीएसजीले सहज जित निकाल्यो ।जितसँगै पीएसजी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

Image

पीएसजीले २७ खेलमा ५७ अंक जोडेको छ ।शीर्ष स्थानको लिलको ५८ अंक रहेको छ ।डिजोन १५ अंक जोडेर पुछारमा रहेको छ ।