प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै:औद्योगिक पार्कको शिलान्यास गर्ने

काठमाडौं,फागुन,१६-प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) गृहजिल्ला झापा जानुहुने भएको छ।

त्यसका लागि उनी काठमाडौंबाट हवाईजहाजमार्फत बिहान १० बजे भद्रपुर विमानस्थल पुग्ने कार्यक्रम रहेको छ।औद्योगिक क्षेत्र शिलान्यासलगायत कार्यक्रममा सहभागी हुन ओली झापा जान लाग्नु भएको हो ।

उहाँले आज झापा क्षेत्र नम्बर ५ मा पुगेर पार्कको शिलान्यास गर्ने कार्यक्रम छ।चीनको सहयोगमा झापाको कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने गरी ‘चीन नेपाल मैत्री औद्योगिक पार्क’ निर्माण गरिँदै छ।

आयोजकका अनुसार कार्यक्रम कमल गाउँपालिकाको झर्काहामा आयोजना गरिँदै छ। कार्यक्रममा प्रमोद खरेल, बद्री पंगेनी, प्रकाश सपुतलगायत कलाकारले प्रस्तुति दिने आयोजकले जनाएको छ।यस्तै रतुवा खोलामा बनेको पुल उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ।