सरकारले द्धन्द्ध पिडितलाई वाडेको राहत रकम उपलब्धी विहिन

मधुपौडेल
बाँके,फागुन २० –सरकारले द्धन्द्ध पिडितलाई वाडेको राहत रकम उपलब्धी विहिन बनेको छ ।द्धन्द्ध पिडित तथा वेपत्तका घर परिवारले सरकारले दिएको किस्ता किस्ताको दिदा कुनै कामको नभएको एक छलफल कार्यक्रममा बताएका छन ।

मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरपेलेसलेको आयोजानामा गरीएको उक्त छलफल कार्यक्रममा द्धन्द्ध पिडितलाई पटक पटक उही कुरामा परिचय दिई राख्नु पर्दा द्धन्द्ध पिडितलाई सधै आफ्नो पिडालाई   हुने र सधै आफुलाई द्धन्द्ध पिडितको रुपमा पहिचान हुने हुदा परिचय पत्र को व्यवस्था गरीदिएका सहज हुने  उपस्थित द्धन्द्ध पिडितका परिवारले वताएका थिए ।

द्धन्द्ध पिडितलाई भनेर सरकारले दिएको रकम किस्ता किस्तामा दिदा आफुहरुले किस्ताको रकमलाई सहि ठाउमा लगानी गर्न नसक्ने अवस्था भएको हुदा यसरी किस्तामा रकम दिदा  आफु्हरु एका तिर  सन्तान गुमाएको पिर तथा अर्कोतिर आफुहरु  आर्थिक रुपमा कमजोर हुदै गएको वताएका थिए ।

छलफल कार्यक्रममा बोल्दै बैजापुर ३ की फुलवती थारु भन्नु हुन्छ आफुले राहतको रकम पाच लाख पाए पनि किस्ता किस्तामा पाउदा पाएको रकमलाई कतै लगानी गर्न नसकेको हुदा आफ्ना सन्तानलाई शिक्षा दिक्षाको लागि समस्या परेको बताउनु भयो ।

यसै गरी  बैजापुर कै शुशीला भण्डारी आफ्नो श्रीमान वेपत्ता हुदा आफुलाई निकै समस्या परेको ,सरकारको राहत किस्ता मा हुदा केह गर्न नसकेका बताउनु भयो ।कार्यक्रमको सहजीकरण हरपेलेशका फिल्ड संयोजक गिता देवकाटाले गर्नु भएको छलफल कार्यक्रम वैजापुर को श्रीजनशक्ति माविमा गरीएको थियो ।