प्रथम नेपाल फेस्टिबल सेन्दाई २०२५ को तयारी पुरा

फाईल तस्विर : राजदुत : डा. दुर्गा बहादुर सुवेदी

सेन्दाई,जापान,२३-प्रथम नेपाल फेस्टिबल सेन्दाई २०२५ को तयारी पुरा भएको छ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिती सेन्दाईको आयोजनामा हुन गईरहेको प्रथम नेपाल फेष्टिबलको तयारी पुरा भएको आयोजकले जनाएको छ।

आज शुक्रबार राती सेन्दाई स्थित एक सिन्दुर रेष्टुरेण्टमा आयोजना गरिएको अतिथी संग भेटघाट तथा सम्मान कार्यक्रममा उपस्थित हुनु भएका जापान स्थित नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुवेदी ज्यूले कार्यक्रमको सफलताको लागि शुभकामना दिनुभयो।

छोटो मन्तव्य राख्नु भएका राजदुत सुबेदी ज्यूले नेपालीहरुले यस्ता कार्यक्रम गर्दा जापानीज बासी सामु हाम्रो नेपाली संस्कृती र संस्कार आदान प्रदान गर्न पाउनु एकदमै राम्रो कुरा रहेको र एक आपसमा नेपाली समुदायविच भाईचाराको सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले यस्ता कार्यक्रमले आगामी दिनमा नेपाली संस्कृती विश्वभर चिनाउन ठुलो मद्दत पुग्ने बताउनुभयो।साथै उहाँले भोलीको कार्यक्रम सफल पार्न सेन्दाई आसपास बस्ने सम्पुर्ण नेपाली समुदायलाई नेपाली पोशाकमा झल्किने गरि उपस्थित भैईदिन आग्रह गर्नुभयो।

आयोजकका अनुसार भोली विभिन्न जातजातीको भाषा साँस्कृतिक झल्किने गरि झाँकि प्रस्तुतर गरि फेस्टिवलको उद्घाटन हुने जनाएको छ।कार्यक्रम भव्य रुपमा सफल बनाउन सबैजनाले आफ्नो पोशाकमा झल्किनेगरि उपस्थित भईदिन पनि आयोजकले अनुरोध गरेको छ।