काठमाडौं,पुस,६-नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेलमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ।
सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीको कप्तानीमा तथा जनकपुर आसिफ शेखको कप्तानीमा मैदान उत्रदैँछ।
दुवै टिममा पछिल्लो खेलबाट कुनै खेलाडी परिवर्तन गरिएको छैन ।
सुदूरपश्चिम : विनोद भण्डारी, सैफ अली जैब, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, इशान पाण्डे, नरेश बुढाएर, हर्मित सिंह, स्कट कुगेलेइन, नरेन साउद, अविनाश बोहरा
जनकपुर : आसिफ शेख, आकाश त्रिपाठी, लाहिरु मिलान्था, शुभ कंसाकार, हर्श थाकर, जिमी नीशम, मोहम्मद मोहसिन, मयन यादव, शेर मल्ल, किशोर महतो, ललित राजवंशी
यसबिच : एनपिएलको विजेता टिमले १ करोड १० लाख पाउने छ। विजेता टिमले १ करोड १० लाख पाउने छ।
यस्तै, उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने टिमलाई २५ लाख र चौंथो हुनेले १५ लाख रुपैयाँ पाउनेछन् ।
एनपीएलको प्लेअफमा पुग्ने जनकपुर बोल्ट्स, सुदुरपश्चिम रोयल्स, कर्णाली याक्स र चितवन राइनोज प्रत्येक टिमको कम्तिमा १५ लाख पुरस्कार निश्चित भएको छ ।