नेपाल लोकतान्त्रिक फोरम दल वाम गठबन्धनमा बिलय

सिर्जना बर्देवा/
ओखलढुंगा,मंसिर २–

ओखलढुंगामा नेपाल लोकतान्त्रिक फोरम दल वाम गठबन्धनमा विलय भएको छ । सदरमुकाम ओखलढुंगामा शनिबार आयोजित विशास चुनावी सभामा ३५ सदस्यीय जिल्ला समिति, गाउँ समिति तथा जनवर्गीय संगठनहरु वाम गठबनधनमा बिलय भएको घोषणा गरिएको हो ।

विजय गच्छदार नेतृत्वको फोरम दल ओखलढुंगामा भने केन्द्रको निर्णय अस्वीकार गर्दै गठबन्धनमा प्रवेश गरेको हो । आफ्नो पार्टी काँग्रेसमा विलय भए पनि राष्ट्रिय हितमा नेपाली काँग्रेसले काम गर्न नसक्ने ठहर सहित वाम गठबन्धनको पार्टी एमालेमा प्रवेश गरेको अध्यक्ष टिकाराम गिरीले बताउनुभयो ।

फोरमको जिल्ला समितिका सबै नेताहरुलाई वाम गठबन्धनको नेता तथा उम्मेदवाहरुले प्रवेश गराएका थिए । काँग्रेसको नेतृत्वमा विकास सम्भव नभएकाले आफ्नो दल वाम गठबन्धनमा प्रवेश गरेर गठबन्धनका उम्मेदवाहरुलाई जिताउन उहाँले अपिल गर्नुभयो ।

त्यस्तै नेपाली काँग्रेसबाट निर्वाचित चिसंखुगढी ३ का वडा सदस्य चुडा कार्की, काँग्रेस नेताहरु कविलाल तामाङ, टिकाराम चौलागाइ सहित २ सय ३५ दर्जन नेता कार्यकर्ताहरु वाम गठबन्धनमा प्रवेश गरेका छन् ।

साविकको सल्लेरी गाविकका धनसिंह तामाङ, नानीराम गुरुङ, छत्र गुरुङ, धनबहादुर गुरुङ गाउँ उपसभापति टिकारा चौलागाइ लगायत ४० जना कार्यकर्ताहरु प्रवेश गरेका छन् ।