प्रधानमन्त्रीको चुनाव प्रत्यक्षबाट हुनु पर्छ : डा. लोहनी

बाँके,मंसिर,२-

राष्ट्रिय प्रजातान्त्रीक पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीको चुनाव प्रत्यक्षबाट हुनु पर्ने बताउनु भएको छ । आज बाँकेको बैजापुरमा घर दैलो कार्यक्रम लाई सम्बोधन गर्दै डा. लोहनीले प्रधानमन्त्रीको चुनाव प्रत्यक्षबाट हुनु पर्ने बताउनु भएको हो ।

आसन्न निर्वाचनमा आफ्नो पार्टीको जीत सुनीश्चित भएको भन्दै आफ्नो पार्टीले अघी सारेको ५ वटा बुँदाहरुमा आफुहरु अडिक रहेको पनी उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो :अबको ५/१० बर्षमा नेपालमै रोजगारीको सिर्जना गरी नेपालको श्रम सिपको विकास गर्नु पर्ने बताउदै हिमाल पहाड तराईलाई जोड्ने कनेक्टर जोड्ने शक्त्तीको रुपमा राख्नु पर्ने जिकिर गर्नुभयो ।

आज भएको उक्त्त कार्यक्रममा प्रतीनीधी सभा सदस्य तेज नारायण शाह , प्रतीनीधी सभा सदस्य हरदेव चौधरी , दिपक चौधरी लगायतको उपस्तीथी रहेको थियो ।