नसर्ने रोगसम्बन्धी ‘पेन’ कार्यक्रम लागू

जुम्ला,मंसिर,२-

कर्णालीको जुम्लामा पहिलो पटक नसर्ने रोगसम्बन्धी प्याकेज कार्यत्रलम ‘पेन’ शुक्रबारबाट लागू भएको छ ।

यहाँका स्वास्थ्यकर्मी र सरोकारवालालाई नसर्ने रोगसम्बन्धी आवश्यक जानकारी गराउने उदेश्यले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशखा टेकुको आयोजनामा जिल्लास्तरीय अभिमुखीकरण कार्यत्रलम गरिएको छ । आजको हिमायल टाइम्समा खबर छ ।