सरकार अल्पमतमा पर्‍यो, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : कमल थापा

काठमाडौं,फागुन,२३-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको पछिल्लो फैसलासँग प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको बताउनु भएको छ।

सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई मान्यता दिने निर्णय गरेसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई ब्युँताइदिएपछि थापाले यस्तो प्रतिक्रिया दिनुभएको हो।

उहाँले प्रधानमन्त्रीसँग विश्वासको मत लिने वा राजीनामा दिने विकल्प रहेको बताउनुभयो।उहाँले यस्तो अवस्थामा अपवित्र गठबन्धन बनाएर सरकार बनाउन अस्वीकार गरी कांग्रेसले नयॅा चुनावको बाटो खोलिदिनु पर्ने बताउनुभयो।

‘नेकपासम्बन्धी सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ। अब प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ वा राजिनामा दिनुपर्छ’,प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दे सामाजिक सञ्जालमा अध्यक्ष थापाले लेख्नु भएको छ, ‘यस अवस्थामा अपवित्र गठबन्धन बनाएर सरकार बनाउन अस्विकार गरी कांग्रेसले नयॅा चुनावको बाटो खोलिदिनु पर्छ।’

उहाँले अदालतले निवेदकको मागमा मात्र सीमित नरही ‘न्यायिक सक्रियताका आधारमा राजनीतिक गतिरोध अन्त्यको बाटो देखाईदी सकेतो बताउनुभयो ।उहाँले अब सत्ताको फोहोरी खेलमा नलागी ताजा जनादेशमा जानुपर्ने र त्यसका लागि कांग्रेस निर्णायक भएको बताउनुभयो।