नवलपरासीको मध्यबिन्दुमा काँग्रेस विजयी

१५ वडा रहेको मध्यबिन्दुमा १० वडामा नेपाली काँग्रेस विजयी

नवलपरासी, जेठ, ४-

नवलपरासीको मध्यबिन्दु नगरपालिकामा पनि नेपाली काँग्रेसले जित हासिल गरेको छ । जसअनुसार प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारद्वय विजयी हुनुभएको छ ।

नेकाका चन्द्रबहादुर रानाले एमालेका भीमलाल अधिकारीलाई ९३१ मत अन्तरले पराजित गर्नुभएको हो । नेकाका चन्द्रबहादुर रानाको पक्षमा १० हजार ९९६ मत रहेको थियो भने एमालेका भीमलाल अधिकारीको पक्षमा १० हजार ६५ मत रहेको थियो ।

त्यसैगरी, उपप्रमुखमा पनि नेकाकै उम्मेदवार ओमकुमारी महतो विजयी हुनुभएको छ । ओमकुमारी महतो १० हजार ८३५ मत प्राप्त गर्दै मध्यबिन्दु नगरपालिकाको उपप्रमुख पदमा विजयी हुनुभएको हो ।

उपप्रमुखमा ओमकुमारी महतोले ८०२ मत अन्तरले नेकपा ९एमाले०का जोगमाया महतोलाई पराजित गर्नुभएको हो । जोगमाया महतोले १० हजार ३३ मत प्राप्त गर्नुभएको थियो । १५ वटा वडा रहेको मध्यबिन्दु नगरपालिकामा १० वटा वडामा नेपाली काँग्रेस विजयी भएको छ भने पाँचवटा वडामा नेकपा एमाले विजयी भएको छ ।रासस