चुनावी तालमेलप्रति काँग्रेस इमान्दार नभएको भन्दै प्रधानमन्त्री असन्तुष्ट

पौडेल गुटले धोका दियो :देउवा,५ देखि १० हजार मतले जित्ने दाबि

 काठमाण्डु, जेठ,४-

काँग्रेस सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल गुटले धोका दिएका कारण चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार प्रधानमन्त्री पुत्री रेणु दाहालभन्दा एमाले उम्मेदवार अगाडि भएको दाबी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रारम्भिक चरणको मतगणना परिणाम हेर्दा चुनावी तालमेलप्रति काँग्रेस इमान्दार हुन

नसकेको भन्दै असन्तुष्टि पोखेपछि देउवाले त्यस्तो जवाफ दिएको बालुवाटार स्रोतले बतायो ।

भरतपुर महानगरमा हालसम्म ४ वटा वडाको मतगणना सकिँदा रेणु एमाले उम्मेदवार देवी ज्ञवालीभन्दा १८ सय मतले पछाडि छिन् । ज्ञवालीको ६ हजार ७ सय ३५ र रेणुको ४ हजार ९ सय ८७ मत छ । करिब ४० प्रतिशत काँग्रेस मतदाताले मेयरमा ज्ञवालीलाई मत दिएको पाइएको छ ।

१० हजारभन्दा बढी मतगणना हुँदा काँग्रेसका मतदातामध्ये ४० करिब प्रतिशतले ५ छाप रुखमा र दुई छाप (मेयर/उपमेर) मा सूर्यमा मत दिएको भेटिएको हो । मतदातको यही टे«न्ड कायम रहे भरतपुरमा एमालेको जित पक्कापक्की जस्तै छ ।

तर, देउवाले प्रचण्डलाई भने रेणु जित्नेमा निश्चितन्त हुन आग्रह गरेका छन् । हालसम्म मतगणना सकिएका १ देखि ४ वडामा रामचन्द्र पौडेल गुट बलियो रहेकाले सो गुटले पार्टी केन्द्रको निर्णयविपरीत एमाले उम्मेदवारलाई मत दिएको दाबी देउवाको छ ।

अब मतगणता हुने ६ देखि १२ वडासम्म (बजार क्षेत्र) मा आफ्नो समूह बलियो रहेको र ती वडाबाट अधिकांश काँग्रेस मतदाताले रेणुलाई भोट दिएको भन्दै देउवाले प्रचण्डलाई कन्भिन्स गर्न खोजेका थिए । देउवाको दाबीमा पत्याउने आधार भने छ ।

कारण हालसम्म १, ३ र ४ नम्बर वडाको अध्यक्षमा काँग्रेस उम्मेदवार विजयी भएका छन् । २ नम्बर वडा अध्यक्षमा मात्र एमालेले जितेको छ । स्रोतका अनुसार देउवाले रेणुले ५ देखि १० हजार मतले जित्ने दाबी गरेका छन् । ‘तपाईं ढुक्क भएर बस्नुस् ।

अहिलेसम्म गणना भएको क्षेत्र रामचन्द्र पौडेल वालाहरुको हो’, अब हाम्रा साथीहरु भएको वडामा गणना हुँदा रेणु अगाडि आउँछिन्, ५ देखि १० हजारले जित्छिन् ।’ प्रचण्डले भने तालमेल गरेर पनि तलसम्म तालमेलको कारण र औचित्यबारे बुझाउन नसकेको भन्दै देउवासँग असन्तुष्टि जनाएका थिए । share kathamandu Today bata.