जेठ ३१ को लागि बाजुरामा मतदाताका टाउँका गन्दै दलहरु

रमित बि.क.,

बाजुरा ,जेष्ठ, ३-
ईतिहांसमै पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचन मिति आउन अब मात्र २९ दिन बांकी छन् । प्रदेश नं. ३, ४ र ६ को २ सय ८३ स्थानीय तहको निर्वान सम्पन्न भएसंगै बाजुरामा पनि हिजो देखि नै चुनावी सरगर्मी बढ्न थालेको छ ।

अव दोस्रो चरणको निर्वाचन हुनसक्ने भन्ने पक्का पक्की भएकोले सरगर्मी बढेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवं गौमुल गाउँपालिकाको उपाध्यक्ष पदकी सम्भावित उम्मेदवार उमा रोकायाले बताईन् ।

त्यस्तै गाउँमा चुनाव प्रचार प्रसार भईरहेको थियो चुनावको मिति सारे पछि अलि सेलाएको थियो पहिलो चरणको निर्वाचन सम्मपन्न भएपछि पुनः चुनावी सरगर्मी बढेको नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं गौमुल गाउँपालिकाका अध्यक्षका उम्मेदवार हरी रोकायाले वताउनुु भयो ।

चुनावको मिति चयन भएको दिन देखि नै नेता कार्यकताहरुले कस्का मतदाता हुन् छुट्याउन जनताका टाउँका गन्दै तथ्यांक संकलन गर्न थालेका छन् । परम्परागत रुपमा कांग्रेस, एमाले , माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताले मतदाताको टाउँका गन्न थालेका छन् ।

बाजुराको विकट मानिएको हिमाली गाउँपालिका साविकको रुगिन विच्छ्या र बांधुमा कुन दलका कति मत छन् ? भन्ने पूर्वनुमान गरी सकेको छन् । यद्येपी निर्वाचनका दिनमा औपचारिक रुपमा मतदान गर्ने छन् बांधुका एक सर्वसाधरणले भन्नुुभयो ।

त्यस्तै जिल्लाको सदरमुकाम मार्तडी बडिमालिका नगरपालिकामा पनि कुन पार्टीका कति मत भन्ने नजरअन्दाज भईसकेको छ । यो तथ्यांक २०७० को निर्वाचनलाई आधार मानेर विष्लेषण गरिएको राजनितिक कार्यकर्ताले बताएका छन् ।

परम्परागत रुपमा हिजो जुन दलमा मतदान गरे अझपनि त्यही दलमा मतदान गर्नेहुन् भन्ने अनुमान नेताहरुले गरेका छन् । यो घर कांग्रेसको यो घर एमालेको ,यो घर माओवादीको र ऊ घर राप्रपा यस्तै अन्य अन्यको हो नेता कार्यकर्ता यसरी नै भोटरलार्ई चिनाउँछन ।

तर, राजनीतिक विष्लेषक भने २०४८ सालको आम निर्वाचन यता भएका विभिन्न निर्वाचन परिणामले जनता कसैका पकडमा नरहेको र स्वतन्त्र रुपमा मतदान गर्दै आएको नतिजाले बताएको बिचार ब्यक्तगरेका छन् ।

यसैवीच नेकपा एमाले , माओवादी केन्द्रलगायतका दलले आ–आफ्ना उम्मेदवारको टुंगो एक महिना अघि नै लगाई सकेका छन् । यद्येपी नेपाली कांग्रेसले भने आफ्ना उम्मेदवारको टुंगो अझै लगाएको छैन । यहि जेष्ठ पांच गते सम्म उम्मेदवारको टुंगो लगाउने कांग्रेस श्रोतले बताएको छ ।

दलले टिकट बाड्दा समृद्ध गाउँ तथा नगरपालिका बनाउने भावि योजना तथा जनधारको मुल्यांकन नगरी नेताहरुहको आ–आफ्नो प्यानलको आधारमा टिकट बाडे चुनावमा नेताले चाहे जस्तो परिणाम नआउन पनि सक्छ मतदाताहरुले बताउँदै आएका छन् ।

नेताले कस्ता लाई टिकट दिन्छन् ?अहिले मतदाताको चाँसोको विषय बनेको छ । अनेकौ मतदाताबाट यही प्र्रश्न आउन थालेका छन् । बाजुरामा चार वटा नगरपालिका पांच गाउँपालिका गरी नौं वटा स्थानीय तह छन् ।

६४ हजार नौं सय पचास मतदाता छन् भने ३२ हजार चार सय सत्ताईस महिला ३२ हजार ५ सय २१ पूरुष र २ जना तेस्रो लिंगी रहेका छन् । बाजुराका ९१ बुथ केन्द्रका ६९ मतदान स्थल रहेको जिल्ला निर्वाचन कार्यलयका कर्मचारी दुुर्गा थापाले जानकारी गराउनुु भएको छ ।