एनपीएलमा क्रिकेटमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जित

कर्णाली याक्स भने ४५ रनले पराजित

टोकियो,मंसिर८-जारी दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स विजयी भएकोछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको हो।

सुदूरले दिएको १ सय ४० रनको लक्ष्य पच्छ्याएको कर्णाली याक्स १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा सबै आउट हुन पुग्यौ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो।

तेस्रो जित संगै सुदरपश्चिम रोयल्स अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ।

सोमबार नै भएको अर्को खेलमा लगातार विराटनगर किंग्सले तेस्रो जित लिकालेको थियो।विराटनगर किंग्सले साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको थियो।