साफ फुटबल : भारत र श्रीलंकाबिचको खेल बराबरी

नेपाल शीर्ष स्थानमा, फाइनल नजिक

काठमाडौं,असोज,२१-भारतले श्रीलंकासँग बराबरी खेल्दै अंक बाडेको छ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार भएको साफ च्याम्पियनसिप फुटबल खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेलेको हो ।

खेलमा बल पोसेसनमा पकड जमाएपनि भारतले श्रीलंकाविरुद्ध गोल गर्न सकेन । उसले पाएको केहि मौकालाई गुमाएको थियो ।  श्रीलंकाले पनि केहि गोलको अवसर खेर फालेको थियो ।

Image

भारतको यो लगातार दोस्रो बराबरी हो । यस अघि भारतले बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको थियो ।

यस बराबरीसँगै भारतले २ खेलमा २ अंक जोडेको छ । भारत तेस्रो स्थानमा रहेको छ ।श्रीलंकाको यो पहिलो एक अंक हो । चौंथो स्थानको श्रीलंकाले ३ खेलमा १ अंक जोडेको छ ।

श्रीलंका अघिल्लो दुई खेलमा पराजित भएको थियो ।भारतको बराबरीले नेपाललाई फाईदा पुगेको छ ।नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।नेपाल फाइनल नजिक रहेको छ ।

Image