मतगणना अपडेट : अहिले सम्म को कहाँबाट बिजय भए

गोर्खामा भने बाबुरामको अग्रता कायमै

काठमाण्डौ,मंसिर,२२-

प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मतमात्र ल्याएका हुन् ।

यस्तै : एमालेले प्रदेशसभामा पनी जित हासिल गरेको छ । मुस्ताङको प्रदेश ‘क’ बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेशसभा सदस्यमा निर्वाचित विष्टले ११६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका छिरिङधावा गुरुङले ६५७ मत ल्याएका छन् ।

यसैगरी : राजिव गुरुङ अर्थात (दिपक मनाङ्गे) प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ मनाङको प्रदेशसभा ‘ख’ मा विजयी हुनुभएको हो । उहाँ १४ सय १० मतका साथ निर्वाचित हुनुभएको हो । स्वतन्त्र उम्मेदवार मनाङेले कांग्रेसका कर्मा गुरुङलाई ३ सय ९० मतअन्तरले हराउनुभएको हो ।

त्यस्तै : प्रतिनिधिसभा सदस्यमा मनाङबाट एमालेका पोल्देन छोपाङ गुरुङ विजयी हुनुभएको छ । पूर्व श्रम तथा रोजगार राज्यमन्त्री र कांग्रेस मनाङका सभापतिसमेत रहेका कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई २७९ मतान्तरले हराउँदै पोल्देन छोपाङ विजयी हुनु भएको हो । पोल्देन छोपाङले २३ सय मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी टेकबहादुर गुरुङले दुई हजार २१ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी : मनाङको प्रदेशसभा ‘क’ मा भने नेपाली कांग्रेसका चिन्तबहादुर घले विजयी हुनुभएको छ । घलेले ९ सय ९८ मत ल्याएर उहाँ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत ल्याउनुभयो। । १ सय २ मतान्तरले कांग्रेसका घलेले एमालेका गुरुङलाई चुनावी परिणाममा पछि पार्नुभएको हो ।

यसैविच : रुकुमको पूर्वमा भने प्रतिनिधिसभातर्फ माओवादी नेतृ कमला रोकाले १०४३४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशँकर घर्तीले ४४०६ मत प्राप्त गर्नुभएको छ । कुल खसेको १८११२ मतमध्ये १६४२४ सदर भएको र ११८८ बदर भएको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुषालले बताउनुभयो ।

त्यसैगरी : गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका उम्मेदवार बाबुराम भट्टराईले  अग्रता लिनु भएको छ । उहाँले पछिल्लो नतिजा अनुसार २७४१ मत प्राप्त गर्नुभएको छ ।

माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले २३८० मत प्राप्त गर्नुभएको छ । बाबुराम भट्टराईलाई गोरखा २ मा नेपाली कांग्रेसले समर्थन गरेको छ । सर्वाधिक चर्चामा रहेको गोरखा २ मा भट्टराई र श्रेष्ठको बीचमा निकै नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।