राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेशमा एमाले र लोसपाको सहमति

काठमाडौं,माघ,६-अगामी १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच सहमति भएको छ ।

सहमतिअनुसार प्रदेशको अन्यतर्फबाट एमालेको उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोसपाकी उमेदवार रुपाकुमारी यादवलाई मतदान गर्न राष्ट्रिय सभा मतदाताहरूसमक्ष अपिल गरिएको छ ।

 

एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपा मधेश प्रदेश समितिका अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरेको संयुक्त प्रेस विज्ञप्तिमार्फत् सहमतिको विषय जानकारी गराइएको हो ।

मधेश प्रदेशम सत्ता गठबन्धनमा रहेका पाँच दलले जित्ने लगभग निश्तित भइसकेको छ । मतभारलाई हेर्दा एमाले र लोसपा भन्दा सत्ता गठबन्धनका पाँच दल बलियो देखिएका छन् ।