च्यारिटी म्याचको उपाधी नेपाल राजदूतावासको टिम नेपाल रातोलाई

राजु साक्यले नेतृत्व गरेको टिम रनअर अप हुन सफल

फाईल तस्विर : विजय टिम

टोकियो,जापान,असार,३-जापान नेपाल फुटबल संघ (एन्फा, जापान) ले आयोजना गरेको च्यारिटी म्याचको उपाधी नेपाल राजदूतावासको टिम नेपाल रातो (अ) ले जितेको छ।

जापान स्थित नेपाली राजदुत  महामहिम डा.दुर्गा बहादुर सुवेदी ज्यूले नेतृत्व गर्नु भएको टिम नेपाल रातोले उपाधि जितेको हो।

उहाँको टिमले पूर्व राष्ट्रीय टिमका कप्तान राजु काजी शाक्यले नेतृत्व गर्नु भएको नेपाल निलो (अ) टिमलाई पेनाल्टी सुट आउटमा जितेको हो।

खेलको निर्धारित समयमा खेल बराबरीमा सकिए पछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो।

पेनाल्टी सुट आउटमा नेपाल एमबिसीको टिम रातोले ३-० गोल अन्तरले जितेको हो।नेपाल एमबिसीको टिम रातोलाई जित दिलाउन जर्सी नं. ९ का खेलाडी प्रेम गुरुङ त्यसैगरी जर्सी नं. ४ का खेलाडी मिलन र यसैगरी जर्सी नं. १४ का खेलाडीले पेनाल्टी मार्फत सहजै गोल गर्दै जित दिलाएका थिए।

त्यसैगरी टिम नेपाल निलोको खेलाडी भने सबै पेनाल्टी मार्फत गोल गर्न चुकेका थिए।पेनाल्टी सुट आउटमा हार्दै राजु साक्यले नेतृत्व गरेको टिम रनअर अप हुन सफल भएको छ।भने पूर्व राष्ट्रीय टिमका खेलाडी अर्थात कप्तान हरि खडकाले नेतृत्व गरेको टिम सगरमाथा (अ) तेस्रो भएको थियो।

आज भएको उक्त च्यारिटी म्याचमा कुल ६ टिमले सहभागिता जनाएको थियो।

साथै : आजै आईतवार “जापान नेपाल फुटबल संघ (एन्फा,जापान)”को कार्यसमिति गठन गर्दै कार्यालयको उदघाटन पनि गरिएको छ।