पशु कल्याण निर्देशिका कार्यान्वयनमा जोड

नेपालगञ्ज,असार,५-
पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा सम्वन्धी नेपालगञ्जमा मंगलबार एक दिने परिचयात्मक कार्यक्रम गरिएको छ । दिगो अश्व कल्याणका लागि मानव आचरण रुपान्तरण र कार्यपद्धति सुधार परियोजना अन्तरर्गत आज (मंगलबार) विहान अश्व प्रजातिका पशुहरु घोडा, खच्चड र गधाको अधिकारका क्षेत्रमा लक्षित कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला पशु सेवा कार्यालय बाँकेका प्रमुख डा.बेद बहादुर केसीले यो समस्यालाई साझा मुद्दा बनाइनुपर्ने बताउनुभयो । जहाँ तही यसको व्यवस्थापनमा समस्या रहेको भन्दै सबैको साझा समस्या नबन्दासम्म नियन्त्रण सम्भव नभएको धारणा राख्नुभयो । पशु सेवा तालिम केन्द्रका पशु बिकास अधिकृत खगेन्द्रराज सापकोटा, नेपालगञ्ज उपमहानगरपालिकाका सामाजिक बिकास अधिकृत कृष्ण प्रसाद जोशीले अश्व पशुहरुको बस्तुस्थितिसहित समन्वय गर्नुपर्नेमो जोड दिनुभयो ।

उहाँहरुले आगामी योजना यो समस्यालाई समाबेश पनि गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै पशु कल्याण निर्देशिका निर्माण भएको भएपनि कार्यान्वयन हुन नसकेको र पछिल्लो समयमा उक्त निर्देशिकामा भएको कुराहरुको उजागर गर्न संस्थाले अहंम भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँहरुले निर्देशिका कार्यान्वयन गर्न सबै एकजुट बन्नुपर्नेमा समेत जोड दिनुभयो ।

घोडा, खच्चड र गधाको उपचार, हक, निःशुल्क स्वास्थ्य उपचार सेवा लगायतका बिषयमा सहयोग गर्न नेपालगञ्जका ८ वटा वडामा सो परियोजना लागू गरिएको पशु स्वास्थ्य तालीम तथा परामर्श सेवा शाखा कार्यालय नेपालगञ्ज परियोजनाका संयोजक भेषराज बास्तोलाले जानकारी दिनुभयो ।

घोडा खच्चर र त्यसका धनीहरुलाई लक्षित गरी ती पशुहरुको चिकित्सकीय एंव अश्वपालकहरुलाई कल्याणकारी अश्वपालन सचेतना फैलाउने उद्देश्यले तीन बर्षिय परियोजना सुरु गरिएको बास्तोलाले जानकारी दिनुभयो । कार्यक्रममा नेपालगञ्जका प्रत्यक्षरुपमा सरोरकार राख्ने निकायका प्रमुख तथा अधिकृतहरुको सहभागिता रहेको पशु स्वास्थ्य प्राविधिक मंगल बहादुर थारुले बताउनुभयो ।