जयसपुरमा निशुल्क कुष्ठ रोग शिविर संचालन गरिने

नेपालगंज,असार,६-

बाँकेको जयसपुरमा निशुल्क कुष्ठ रोग शिविर संचालन गरिने भएको  छ । आज बुधबारका दिन नेपालगंज उपमहानगपालीका र जयसपुर स्वास्थ्य चौकीको आयोजनामा  नेपालगंज उपमहानगपालीका वडा नं. १६ जयसपुरमा शिविर संचालन गर्न लागेको हो । 

समाजमा लुकेर बसेका कुष्ठरोगी पत्ता लगाई निशुल्क उपचार गर्दै पुर्नस्थापना गर्ने उद्देश्यका साथ शिविर संचालन गर्न लागिएको हो । 

शिविर बिहान १० बजेबाट बेलुकि ५ बजे सम्म संचालन हुनेछ । स्वास्थ्य जाँच गराउन चाहाने जो कोहिले दिउँसो २ बजे सम्म  नाम दर्ता गराईसक्नु पर्नेछ । 

आजबाट संचालन हुने उक्त शिविरको सम्पुर्ण तयारी पुरा भैईसकेको   जयसपुर स्वास्थ्य चौकीका ईन्चार्ज मधुकरमणी आचार्यले जानकारी दिनुभयो । उहाँले  कुष्ठरोगको शंका लागेका सबैलाई जचाँउन पनी अनुरोध गर्नु भएको छ ।