चिनियाँ राष्ट्रपति शी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाण्डौं,असार,६-

चीनको ६ दिने भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति शी जिनपिङसंग भेटवार्ता सुरु भएको छ । चीनको ‘ग्रेट हल अफ द पिपल’मा राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो ।

 

त्यसअघि, प्रधानमन्त्री ओलीले बेइजिङस्थित नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणकाक्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधिमन्डलस्तरीय द्विपक्षीय वार्ता पनि गर्नेछन् । त्यसक्रममा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नेछन् भने तिब्बतका प्रान्तीय नेतासँग पनि भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि चिनियाँ समकक्षी लि खछ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।