चितवनमा निर्माणधिन क्रिकेट रंगशाला : रोजिन थापा मगरको विचार

निर्माणधिन क्रिकेट रंगशालाको बार भत्काउनेको चौतर्फी विरोध

काठमाण्डौं,जेष्ठ,१७-

चितवनको रामपुरमा धुर्मुस सुन्तली फाउण्डेसनद्धारा निर्माणधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लगाइएको अस्थायी बारमा यहि जेष्ठ १४ गते मंगलबारका दिन प्रकाश कँडेलको समुहले डोजर लगाएर भत्काएका पछि अहिले देश विदेशबाट चौतर्फी विरोध भैरहेको छ ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न प्रकाश कँडेल सहित १७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका प्रकाश कँडेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थानीय नेता समेत हुन्  ।कँडेल सहित २ जनालाई नेकपाले क्रिकेट रंगशालाको बार भत्काउने काममा संलग्न ठहर गर्दै निलम्बित गरिसकेको छ । 

तर : उक्त घटना पश्चात् धुर्मुस् सुन्तली फाउण्डेसनले काम गर्ने वातावरण नभएको, कर्मचारीको जिउ ज्यान र  भौतिक सम्पत्तीको सुरक्षा नभएको भन्दै रंगशाला निर्माणको काम तत्कालको लागि स्थगित गरेको छ ।घटनाको भत्सर्ना गर्दै तत्कालको लागि काम स्थगित गरेको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।काम गर्ने वातावरण नभएसम्म रंगशालाको काम स्थगित रहने विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

यसै सन्दर्भमा देश विदेशबाट सामाजीक संजाल मार्फत चौतर्फी विरोध भैरहदा चितवनमा निर्माणधीन क्रिकेट रङशालाको बारेमा जापानको फुकुओका शहरमा बस्दै आउनु भएका रोजिन थापा मगरले लेख्नु भएको लेख हामीले जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं ।

बिचार

 सबै पाठक वर्गमा नमस्कार ! म रोजिन थापा मगर ।।

“भर्खरै एउटा हामी माझमा एउटा यस्तो घटना घट्यो “जसको बारेमा लेख्दिन र बोल्दिन भनेर उक्त दुर्घटना घटे देखी अहिले सम्म सबै प्रकारका सामाजिक संजाल बाट टाढा रहदै आएको थिए । तर कता कता मनको भित्री पाटोहरुमा भोक लागे जस्तो अनि निन्द्रा लागे जस्तो अनि कतै घना जङल मा भौतारिएको जस्तो महसुस मैले गरे र दुइ शब्द नलेखी बस्नै सकिन । हुनत सबैको आ-आफ्नो तर्क वितर्कहरु हुने गर्छन्। अनी आफ्नै धारणा विचारहरु हुन्छन् । त्यसैले मेरो लेखले कसैलाई आघात पुग्न गएमा क्षमा प्राथी छु ।

धुर्मुस सुन्तली फाउन्डेसन्, जुन हाम्रो मातृभुमी नेपालमा सामाजिक कार्यको लागी स्थापित त्यो पनि हामी माझ निकै ख्याती प्राप्त हाश्य कलाकार जोडी सिताराम कट्टेल ( धुर्मुसे) र कुन्जना घिमिरे कट्टेल (सुन्तलि) द्वारा निर्मित एक सामाजिक संस्था हो ।

यसलाई किन सामाजिक कार्यको लागी स्थापित भनेर प्रश्न गर्ने कुनै ठाउ छैन्। किन कि थुप्रै उदाहरण सहितको उत्तर नेपालमा भुकम्प गए पछिको बस्ती निर्माण अनि ती तराईमा बाढी जादाँको सहयोगले पुष्टी गरिसकेको छ ।

त्यही फाउन्डेसनले देशको एक मात्र चित्त बुझाउने र गौरवको बाटो बनिरहेको क्रिकेट लाई अझै माथिल्लो स्तरमा उकास्ने प्रयासका साथ रङशाला निर्माणको घोषणा गर्‍यो र नेपाल सरकार लगायत भरतपुर महानगरपालिकाले पनि सार्वजनिक जग्गा उपलब्ध गराएर निकै ठुलो भुमिका निर्वाह गरेको थियो ।

नगरौं पनि कसरी किन कि देशमा सबै भन्दा धेरै दर्शक र समर्थक हुने खेल फुटबल हो । फुटबलले दिन दिनै खराब नतिजा को आत्मसाथ गर्दै जादाँ यता क्रिकेटले भने संसार भरी नेपालको छुट्टै परिचय दिदै थियो । त्यो पनि एउटा गतिलो क्रिकेट रङशाला नभएको हाम्रो देश नेपालमा !

अर्को तिर नेपाली राजनितिज्ञहरुको नाटक सहन  नसक्ने अवस्थामा पुगिसकेको नेपाली जनता हरुलाई भुलाउने बाटो बन्ने दाउमा थियो, धुर्मुस सुन्तली फाउन्डेशनद्वारा निर्माण गर्न लागिएको क्रिकेट रङशाला ।

तर विडम्बना हाम्रो देशको अनि हामी नेपाली नागरिकको लागी निर्माण कार्य सुरु भए सँगै विरोध गर्ने र धम्क्याउनेहरु खोलानालाका जुका झैं सलबलाउन थालिसकेका हुन्छन् । विनास काल बिपरित बुद्दी भनेझै नेकपाका स्थानिय नेताले कसरी आट्ँ गर्न सक्यो, अनि कती सम्म गिर्न सकेको र कसरी बिर्सन सकेको त्यो रङशाला देशको गौरव हो भनेर ,अनि त्यसरि गएर खाडीमा आफ्नो ज्यानको बाजी राखेर आएको सहयोगले बनेको बार भत्काउने दुर्शाहस गर्‍यो ।

चितवनमा निर्माणाधीन रंगशालाको बार यसरी भत्काईएको थियो ।

यस कार्यलाई देशद्रोहीको संज्ञा दिए पनि अझै कम हुन्छ भन्ने मेरो ठम्याइ छ । यसमा संलग्न सबै लाई कारवाहि गर्ने हक नेपाल सरकारलाई हैन, अब आम नेपाली नागरिकले पाउनु पर्छ ।

किनकि आखिर यस्ता कार्यहरु किन हुँदैछन्हा । हाम्रो देशमा र किन राम्रो गर्ने लाई खुट्टा तान्ने प्रवृत्ती लाई बाउ बाजेको सम्पती जस्तै अपनाउदै छौ हामी ? हाम्रो देशलाई सतिले सरापेको नै होत ? सही र गलत छुट्टाउने हैसियत कहिले बन्छ, हामी नेपाली नागरिकको ?

मैले यसो भन्दै गर्दा म त ठिक छु भनेर सोच्दै हुनुहुन्छ,भने एक पटक फेरी नियालेर हेर्नुहोस किन कि अन्याय गर्नु पाप हो भने अन्याय देखेर पनि हेरेर बस्नु महापाप हो। त्यसैले यस्तो प्रकारको कार्यहरु हुँदैछन्, भने सबैले आफ्नो ठाँउबाट रोक्ने प्रयास गर्नुहोस् । यस्ता समुह हरुलाई निष्कृय बनाउने भूमिका निर्वाह गर्नुहोस् अनि मात्र बन्छ हामिले कल्पना गरेको सुख शान्ती र सम्बृद्ध सुन्दर देश नेपाल बन्न सक्छ । 

रोजिन थापा मगर  

हाल : फुकुओका जापान