विद्यार्थीका समस्यामा आधारित भिम गुरुङ संगको अन्तर्वार्ता (जापान)

फाईल तस्विरमा : नेपाल आदिवासी जनजाती महासंघ क्युस्यु संयोजक भिम बहादुर गुरुङ !!

फुकुओका,जापान,भदौ,१६-विश्वव्यापी फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण विश्वभर लाखौंले ज्यान गुमाई सकेका छन्,भने धेरैले रोजगारी गुमाएका छन्।यतिबेला विश्वको अर्थतन्त्र तहस नहस भएको छ । बेरोजगारीको संख्या ह्वात्तै बढेको छ । 

विशेष गरि यसको सबैभन्दा ठुलो असर विदेशीलाई परेको छ । यो कोराना भाईरसले शिक्षा क्षेत्रमा पनि उत्तिकै नोक्सानी पुर्याएको छ । ईन्टरनेटको पहुॅंच हुने देशले जुम एप्लिकेशन मार्फत अनलाईन कक्षा सुरुवात गरेका छन्,भने ईन्टरनेटको पहुॅंच नहुने देशहरुले विद्यार्थीको मुल्याकंनको आधारमा नम्बर दिएर पास बनाउन बाध्य भएको छ । 

यसले भोलीको दिनमा विद्यार्थीको भविश्य के हुने हो, भन्नेमा अभिभावक एकदमै चिन्तित देखिएका छन् । यसै सन्दर्भमा हामीले जापानमा अध्ययनको सिलसिलामा आएका विद्यार्थीमा तत्काल देखा परेको समस्याको बिषयमा जान्ने कोसिस गरेका छौं । यसका लागि हामीले जापानमा एक दशक भन्दा बढी बसाई पार गरिसक्नु भएका र जापानमा शिक्षा क्षेत्रमा काम गर्दै आउनु भएका व्यक्ती अर्थात नेपाल आदिबासी जनजाति महासंघ क्युस्युका संयोजक भिम बहादुर गुरुङ  संग कुराकानी गरेका छौं । 

(उहाॅं संग गरिएको कुराकानी जस्ताको त्यस्तै )
१. बिहानी अनलाईन डटकममा तपाईलाई हार्दिक स्वागत छ ?
-धेरै धेरै धन्यबाद हजुर !!

आजहामी यहाॅंसंग पछिल्लो समय नेपाली विद्यार्थीमा कोरोना भाईरसका कारण देखिएका काम र पढाईका समस्याका बारेमा कुराकानी गर्ने कोसिस गर्नेछौं ।

२. यहाॅलाई पहिलो प्रश्न धेरै विद्यार्थीको समस्या छ, (निहोन्गो गाक्को)भाषा विद्यालय पढेर सकेपछि के पढ्ने, के विषय पढ्दा राम्रो हुन्छ, कहाॅं जाने भन्ने यावत समस्या छ, यस्तो दोधारमा परेको विद्यार्थीका लागि के सल्लाह सुझाव दिनुहुन्छ ?
-के विषयमा पढ्दा राम्रो हुन्छ भन्ने कुरा सबै भन्दा पहिला विद्यार्थीमा भर पर्छ।तपाई केमा दक्ष हुनुहुन्छ अनि केमा र कुन विषयमा ईच्छा राख्नु हुन्छ, त्यसमा निर्भर गर्दछ । तपाई अरुको लहलहैमा लागेर आफ्नो ईच्छालाई कुण्ठित बनाएर यानकी ईच्छा बिपरित तपाइले आफ्नो पढाइलाई अगाडी बढाउनु भयो भने तपाई असफल हुने सम्भावना धेरै हुन्छ।

यहाँ हरेक किसिमका बिषयमा तपाइले पढ्न पाउनुहुन्छ ।त्यसैले तपाइलाई ईच्छा शक्ती जे मा छ जुन कुरामा तपाई दक्ष हुनुहुन्छ त्यहि बिषयमा पढ्नु नै उत्तम हुन्छ।त्यहि गर्नु होला भन्न चाहान्छु। साथै पढ्दा खेरि सकेसम्म युनिभर्सिटीमा पढ्दा राम्रो हुन्छ यसमा दुइ मत छैन।यहि सुझाव दिन चाहान्छु ।।

३. जस्तो सर अर्को अहिलेको जटिल समस्या भनेको कोरोनाका कारण सेनमोन गाक्को र दाईगाकु पढेर सकिसकेकाले अझै वर्किङ भिषामा काम गर्न पाईरहेका छैनन्, अब उनीहरुको भिषा पनी सकिन थालिसक्यो यस्तो अवस्थामा वर्किङमा भिषा परिवर्तन गर्न कसरी सकिन्छ ?
-कोरोनाले गर्दा यो बिषय एकदमै गहन बिषय बन्न आएको छ। त्यसैले अहिले जापानीजहरु देखि हजारौं बिदेशीहरु यसको असर भोग्दै आइराखेको र भोग्न बाध्य भएको छ,त्यसमाथि बिदेशी बिधार्थिहरु यसको चपेटामा परेका छन्।

गत वर्ष भोकेसनल बिधालय अनि युनिभर्सिटी सकेर बस्नेहरु धेरै जसोले काम गर्ने अनुमति(नाइतेइ) प्राप्त कम्पनीले अनुमति क्यन्सेल गरिदिने अनि काम गर्न थालि सकेका हरुलाई पनि काममा नराख्ने किसिमका घटनाहरुलाई लिएर मलाई फोन गर्ने सल्लाह माग्ने हरु धेरै छन्।

यो हिसाबले हेर्दा यहाँ कम्पनीहरु आफै धराप यानकी समस्या परेको छ,भको कामदारहरुलाई पनि काममा राख्न नसकिने स्थितिमा छन् । नयाॅं हाल्ने कुरा त हुदैहुदैन तर पनि कतिपय नयाॅं खोलेका कम्पनीहरु अनि कोरोनाको कुनै पनि असर नपर्ने कम्पनीहरुले भने कामदार माग गर्ने अनि कामदार नियुक्त्त गरिराखेकै छन्।

गारो छ तर कति पनि काम नपाउने भन्ने चाही होईन, त्यसैले काम पाउदैन ,सकिदैन भनेर केहि नगरिकन बसेमा झन् काम पाउने सम्भावना कम हुने हुनाले तपाइले गर्न सकिने ठाॅंउबाट उठेर काम खोज्ने ,चारैतिर बुझ्ने आफु भन्दा माथि जाने बुझेकहारुसंग बुझ्ने अनि जापानमा काम खोज्दिने कम्पनिहरुसंग सम्पर्क गर्ने हेलो वोर्क भन्ने ठाॅंउमा गएर बुझ्ने आफ्नो समस्या राख्ने गर्ने गर्नुभयो भने तपाइले केहि न केहि राहत अबस्य पाउनुहुनेछ।

४. तोकुतेई गिनोउ परिक्षाको बारेमा धेरै विद्यार्थीहरु अहिले पनि अनविज्ञ छन्।यो परिक्षा पास गर्दा विद्यार्थीलाई कस्तो अवस्थामा फाईदा हुन्छ,यसबारेमा प्रष्ट पार्दिनुहोस् ?
-तोकुतेइ गिनोउ भिजा यानकी बिशेष शिप भिजा जापानमा कामदारको संख्या घट्दै गको अबस्थामा विदेशबाट दक्ष कामदार भित्र्याई त्यसलाई परिपूर्ति गर्ने हिसाबले २०१९/४ बाट लागु हुने गरि बनाएको नयाॅं भिजा हो। र जापानिज भाषा एन ४ लेबल र जापान सरकारले तोकेको १४ ओटा कामको सेक्टर मध्यको आफुलाई काम गर्न इच्छुक भएको कामको परिक्षामा यदि पास हुनु भएको खण्डमा यो भिजाको लागि तपाई दक्ष काम गर्ने ब्यक्ति हुनुहुनेछ।

५. तोकुतेई गिनोउ परिक्षा पास गरेर वर्किङ गर्दा निश्चित अबधीको लागि मात्र भिषा दिन्छ,त्यो सकिएपछि नेपाल फर्किनु पर्छ भन्ने धेरैको बुझाई छ,यस विषयमा पनी स्पष्ट पार्दिनुहोस् ?
-यसको तोकेको समयअबधि भनेको ५ वर्ष हुनेछ तर ५ बर्षको अबधिमा अन्य भिजा कामदार भिजा बिधार्थी भिजा,बिजिनेस भिजामा पनि परिबर्तन गर्न सक्नुहुने। निश्चित समयको लागि भिषा दिएता पनि पछि गएर अन्य कामदार भिषामा परिवर्तन गर्न मिल्ने भएको हुॅंदा नेपाल फर्किनु पर्ने भन्ने हुॅंदैन !!

६. नेपालबाट स्नातक तह पुरा गरि जापान आएकाले वर्किङ भिषाको लागि कसरी आवेदन दिन सक्छन् त्यसका प्रकृयाहरु के के हुन् ?
-नेपालबाट स्नातक तह पुरा गरि जापान आएकाहरुले यहाको उच्च बिधालय अध्ययन नगरिकन आफुले नेपालमा जुन बिसयमा स्नातक गर्नु भएको सोहि बिषय सम्बन्धि मात्र कामदारको रुपमा काम गर्ने भिजा प्राप्त गर्न सकिनेछ।

प्रक्रियाको कुरा गर्नुहुन्छ भने तपाइले कम्पनि खोज्न पर्यो त्यसको लागि सर्बप्रथम काम खोजिदिने कम्पनिसंग परामर्स गर्नु पर्यो अनि अथवा अन्य माध्यमबाट पनि तपाइले खोज्न सक्नुहुनेछ।यदि त्यस्ता कम्पनीले तपाइ संग म्याच हुने कम्पनि खोजिदिन सक्यो भने त्यहाबाट तपाइको इन्टरभ्यूको लागि फेस गर्नुपर्छ र यदि इन्टरभ्यूबाट पास भएपछी कम्पनिले तपाइलाइ तपाइँ चाहि यो कम्पनीको लागि योग्य हुनुहुन्छ भन्ने अनौपचारिक प्रस्ताव दिइनेछ।

त्यो अनौपचारिक प्रस्ताव प्राप्त पश्चात तपाइको कामको बारेमा कनट्र्याक्ट हुन्छ त्यसपछि तपाइको भिजा परिबर्तनको प्रक्रिया गरिनेछ। लगभग भिजा प्रक्रिया गरेको २हप्ता देखि ३महिना सम्ममा तपाइको भिजा पनि आउछ र तपाई आफ्नो काम सुरु गर्न सक्नुहुनेछ।

७. जस्तो अर्को कुरा सर यहाॅं सेनमोन अथवा दाईगाकुमा जुन विषय लिएर पढेका हुन्छन् । त्यहि विषय अर्न्तगत काम खोज्नु पर्छ भन्ने पनि छ, के पढेको विषय अनुसार नै काम खोज्नु पर्ने हो ?  
-यो चाॅहि एकदमै सहि हो । सेनमोन गाक्कोउ यानकी भोकेसनल बिधालय र युनिभर्सिटीमा पढ्नेहरुले जुन तपाइले पढ्नु भएको हो पढ्नु भएकै बिसयमा मात्र काम गर्न सकिनेछ। यो कुरा एकदम सहि हो।

८. वर्किङ गराईदिने परामर्शहरुद्धारा के कस्ता सहयोग रहदै आएको छ ?
– तपाइले पढ्नु भएको बिषय र तपाइले प्राप्त गर्नु भएको योग्यता अनुसारनै उहाहरुले त्यहि अनुसार काम लगाईदिने गर्दछन्। यदि पढेको भन्दा अरु क्षेत्रमा काम लगाउने र काम लगाइदिने हो भने त्यो गैरकानुनि हुन जान्छ भिजा नआउने समस्या हुन्छ।

९. वर्किङमा भिषा परिवर्तन गर्दा धेरै जनाको गुनासो सुन्ने गरिन्छ, एजेन्टले धेरै पैसा लियो भन्ने कुरामा के भन्नुहुन्छ ?
-यो आफु मजबुत नहुनु नै यसको मुख्य समस्या हो। यदि तपाई दक्ष र सक्षम हुनुहुन्छ भने तपाइले कम्पनि खोज्न पर्दैन ताकि तपाईलाई खोज्न कम्पनी आउने ठाॅंउ हो। त्यसैले तपाई दक्ष र सक्षम हुने कोशिस गर्नुहोस। तर यो कुरा पक्का होकी दलालहरु भने यहाँ प्रसस्त्तै छन्।

१०. अब विद्यार्थीले एजेन्ट विना कुनै एउटा राम्रो कम्पनिमा वर्किङ गर्नको लागि के गर्दा राम्रो हुन्छ,जस्तो तपाईलाई लाग्छ ?
– सबैभन्दा तपाई पहिले भाषा बनाउनुहोस् आफु दक्ष र सक्षम हुनुहुन्छ,भने तपाईले होईन तपाईलाई राम्रो कम्पनी खोज्दै आउने ठाॅंउ हो । 

११. हुन्छ सर यती व्यस्त समयको बाबजुॅंद पनि हामीलाई समय दिएर कुराकानी गर्दिनुभयो यहाॅंलाई धेरै धेरै धन्यवाद छ ।
-अहिलेको जल्दोबल्दो समस्यामा आफ्ना विचार राख्ने मौका दिनुभएकोमा यहाॅंलाई पनि धेरै धेरै धन्यबाद सर !!