नेपालगन्ज ग्यालरीको सहयोगमा इमराल्ड कलेजले गर्यो मोटिभेसन सेमिनार

नेपालगन्ज,जेष्ठ,१७-


इमराल्ड कलेज कोहलपुरले एकदिने ओरिएनटेशन तथा मोटिभेशनल सेमिनार गरेको छ ।

निम्बल कलेजसंगको सहकार्य तथा नेपालगंज ग्यालरी , एसके मल्टिपल एकेडेमी र दर्पण इन्स्टिच्युटको सहयोगमा उक्त सेमिनार भएको हो ।

बाके र बर्दियाका गरी करिब १०० जना बिद्यार्थी उक्त सेमिनारमा उपस्थित थिए । एसईई र प्लस २ पछि कसरी आगामी कोर्स चयन गर्ने र क्यारियर बनाउन कसरी सकारात्मक सोचाईका साथ् अगाडी बढ्ने भन्ने कुरामा उक्त सेमिनार केन्द्रित रहेको थियो ।

स्पिकरको रुपमा इमराल्ड कलेज कोहलपुरका प्रिन्सिपल रबि बस्नेत र गेस्ट स्पिकरको रुपमा यस क्षेत्रकै चर्चित संचारकर्मी समिर मान श्रेष्ठले जिन्दगीका भोगाईसहित आफ्नो भबिष्य र सफलता आफ्नै हातमा हुन्छ भन्दै आ आफ्ना अनुभव शेयर गरेका थिए ।

उक्त सेमिनारमा होटल म्यानेजमेन्ट लिएर अध्यन गर्दाको फाईदा र अवसरको बारेमा सुबेस श्रेष्ठले प्रकाश पारेका थिए । त्यस्तै एसके मल्टिपल एकेडेमीका खगेन्द्र घर्ती मगरले कुनै पनि ब्यबसाय वा क्यारियर छनौट गर्दा दिर्घकालिन फाईदाको बारेमा सोचेर बुझेर मात्र निर्णय लिन आग्रह गरेका थिए ।
नुतन पौडेल र मधु खत्रीले अहिले हरेक क्षेत्रमा युवाको महत्वपुर्ण भूमिका रहेको भन्दै युवाहरुले बिशेष गरेर फोहर ब्यबस्थापनमा जोड दिनु पर्ने बताएका थिए ।

उक्त कार्यक्रममा यस क्षेत्रकै चर्चित सांगेतिक समूह आवाज दि ब्याण्डले आफ्नो सांगेतिक प्रस्तुति देखाएका थिए भने कार्यक्रम संचालन श्वेता गुरुङ र आचलले गरेका थिए ।