कोरोनाका कारण वीरगन्ज र चितवनमा थप २ जनाको ज्यान गयो

फाईल तस्विर !!

काठमाडौं,भदौ,७-वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ ।बीरगञ्ज महानगरपालिका वडा नम्बर-११ बस्ने ५६ वर्षीया महिलाको हिजो बेलुकी बीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरोका साथै खोकी र श्वास प्रश्वासमासमेत समस्या भएपछि ती महिलाको साउन २२ गते स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा साउन २४ मा संक्रमण पुष्टि भएको थियो । योसँगै बीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

यता, चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।भरतपुर-१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो ।

ती महिलाको मृत्यु भएसँगै शनिबार साँझ कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।

महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो तर रिपोर्ट नआउँदै महिलाको साँझ मृत्यु भएको हो ।

कलेजोसम्बन्धी उपचारका लागि ती महिलालाई गत साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो ।बीरगञ्ज महानगरपालिका वडा नम्बर- ११ बस्ने ५६ वर्षीया महिलाको हिजो बेलुकी बीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरोका साथै खोकी र श्वास प्रश्वासमासमेत समस्या भएपछि ती महिलाको साउन २२ गते स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा साउन २४ मा संक्रमण पुष्टि भएको थियो । योसँगै बीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।यता, चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

भरतपुर-१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७:२६ बजे मृत्यु भएको हो ।ती महिलाको मृत्यु भएसँगै शनिबार साँझ कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।

महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो तर रिपोर्ट नआउँदै महिलाको साँझ मृत्यु भएको हो ।कलेजोसम्बन्धी उपचारका लागि ती महिलालाई गत साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो ।ईमेजबाट