च्याम्पियन्स लिग:उपाधिका लागि आईतबार राती पीएसजी र बायर्न भिड्ने

फाईल तस्विर !!

एजेन्सी,भदौ,७-च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिखबीच आज (आईतबार) राति प्रतिस्पर्धा हुदैछ ।

पोर्चुगलको लिस्बोनमा हुने फाईनल खेल नेपाली समय अनुसार राति पौन १ बजे सुरु हुनेछ ।फ्रान्सेली क्लब पीएसजी पहिलो पटक र जर्मन क्लब बायर्न म्युनिख छैटौ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा रहेका छन् ।

बायर्नका प्रशिक्षक हान्सी फिल्किले उत्साहपूर्ण सिजनलाई च्याम्पियन्स लिगको उपाधि सहित अन्त्य गर्न सबै चिज दिने बताएका छन् ।जर्मन च्याम्पियन र कप विजेता बायर्न आईतबार राति पीएसजीबिरुद्ध शानदार जित सहित सिजनको सुखद समाप्त गर्ने योजनामा छ ।

बायर्नले अन्तिम पटक सन् २०१३ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।‘यो निकै बिशेष खेल हो ।’ बायर्न प्रशिक्षक फिल्किले भने ।बायर्नले यस सिजन च्याम्पियन्स लिगका सबै १० खेल जितेको छ ।

‘हामीले एक ठुलो पाईला चालेका छौ । टिम उपाधिका लागि सबै चिज दिन तयार छ ।’ उनले भनेका छन् ।धेरै पटक फाईनल पुगेको बायर्नलाई उपाधि भिडन्तमा भेट्नु आफ्ना लागि थोरै फाईदाको बिषय भएको पीएसजीका प्रशिक्षक थोमस टुचेल बताउँछन् ।

‘यो निकै ठुलो चुनौती हो । र हामी निकै आत्मविश्वासी छौ ।’ बोरुसिया डर्टमण्डका पूर्व प्रशिक्षकले भने ।‘हामीलाई फाईनलमा आफ्नो स्थान पाएको अनुभुती छ । हामी लड्नका लागि तयार छौ ।’ उनले भने ।

सेमिफाईनलको खेलमा मांशपेशीमा समस्या देखिएका बायर्नका जिरोमी बोटिङ्गलाई फिटनेशको समस्या छ । फ्रान्सेली डिफेन्डर बेन्जामिन पाभार्ड फाईनल खेलमा उपलब्ध हुनेछन् । उनी लियोनबिरुद्ध प्राप्त ३-० को जितमा बेन्चबाट खेलको सुरुवात गरेका थिए ।

पीएसजीका गोलकिपर किलर नाभास फाईनल खेलमा उपलब्ध हुनेछन् । रियल मड्रिडबाट तीन पटक च्याम्पियन्स लिग जितेका उनी चोटका कारण सेमिफाईनलको खेल गुमाएका थिए ।