कर्णाली जेसिजको अध्यक्षमा शाही

कालिकोट,माघ १७-कालिकोट–कर्णाली जेसिज कालिकोटको चौथो अधिवेशनले साबित्री शाहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले शाहीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिबेशनले कार्यकारी उपाध्यक्षमा बिस्नप्रसाद न्यौपाने र गणेश रिजाललाइ चयन गरेको छ भने चारजना उपाध्याक्षहरु मधु शाही, बिष्णुकान्त प्याकुरेल, नवराज बुढा, प्रेमप्रकाश शाहीलाई छानेको छ ।

त्यस्तै महासचिवमा शुमन बम र कोषाध्यक्षमा तोविना ऐडी सर्बसहमत चयन भएका छन् । नव निर्बाचित अध्यक्ष शाहीले समग्र कर्णालीका युवाहरुको एकताको थलो बनाउने तथा सामाजिक कु संस्कारहरुको अन्त्यका लागि पहल लिने बताउनुभयो । साभार रातोपाटीबाट