सार्वजनिक लेखा समितिको सभापतिमा उपाध्याय निर्वा्चित

काठमाण्डौं,माघ १७- सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय निर्वा्चित हुनुभएको छ । समितिको सोमबार भएको निर्वाचनमा माओवादी र कांग्रेससहितका सत्तापक्षीय उम्मेदवार उपाध्याय निर्वा्चित हुनुभएको हो । उहाँले २३ मत पाउँदा एमालेका उम्मेदवार पशुपति चौलागाईंले १६ मत पाए ।

सत्तापक्ष राप्रपाले भने एमाले उम्मेदवार चौलागाईंलाई मत दियो । माओवादी नेता जनार्दन शर्मा ऊर्जामन्त्री भएपछि सार्वजनिक लेखा समिति सभापति पद रिक्त थियो । कपिलवस्तुको गजेहडाका उपाध्याय माओवादीका समानुपातिक सांसद हुनुहुन्छ। उपाध्यायका प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडाले विश्वभरको प्रचलन लेखा समितिको नेतृत्व विपक्षी दलले नै गर्ने रहेको बताउनुभयो ।