बाँकेमा रगत अभाव हुन नदिन नेपाल तरुणदलद्वारा रक्तदान

मधुपौडेल

बाँके,जेठ,२०-

नेपाली कांग्रेस निकटको नेपाल तरुणदल वडा नम्बर १८ कार्यसमितिद्वारा नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।पछिल्लो समयमा बिभिन्न सामाजिक संजाल तथा मिडियामा बाँकेमा रगतको अभाव भएको समाचार आएपछि तरुणदलद्वारा शनिबार रक्तदान गरिएको हो ।

कार्यक्रममा सय जनाले रक्तदान गरेको तरुणदलका नगर सभापति सन्दिप जंग शाहले जानकारी दिए थिए ।नगर सभापति शाहले सामाजिक कार्यमा तरुणदल सधैं क्रियाशील रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यहरु संचालन गरिने जानकारी दिए थिए । नेपाल तरुणदल बाँकेका अध्यक्ष बिरेन्द्र शाहको उपस्थितिमा रक्तदान गरिएको थियो ।

यसैबीच जनमत अर्ध साप्ताहिकको आयोजनामा पनि शनिबार नेपालगन्जमा रक्तदान गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरेले शुभारम्भ गरेको कार्यक्रममा रक्तदान गर्नेहरु अधिकाँश संचारकर्मी रहेका छन् ।

कार्यक्रम संयोजक पवन जायसवालका अनृुसार ५३ जनाले रक्तदान गरे थिए । रक्तदान गर्नेमा देबेन्द्रराज पौडेल, कृष्णा केसी नमुना, डा. राजेशकेशर खनाल, काशी शर्मा, सरोज रेग्मी, राजन बर्मा, कश्मीरा रसाईली लगायत रहनु भएको आयोजकले जनाएको छ ।
जनमतका सम्पादक पुर्णलाल चुकेका अनुसार जनमतअर्ध साप्ताहिकले २०६३ बैशाखदेखि हरेक ३ महिनामा नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ ।

सम्पादक चुकेले ११ बर्षको अवधिमा ६ सय जनाले रक्तदान गरिसकेको जानकारी दिएका थिए । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त संचार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।