वल्डभ्यूले आयोजना गरेको सरोकारवाला संगको छलफल कार्यक्रम सम्पन्न

मधुपौडेल

बाँके,जेठ,२०-

श्रम कार्यालय भेरी अन्तर्गतको रोजगार सुचना केन्द्र नेपालगंज वल्र्डभ्युको आयोजनामा शनिवार रोजगार सुचना केन्द्रको प्रभावका विषयमा सरोकारावाल निकायहरु वीच छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा उद्यमशिलता विज्ञ डा. हरी प्रधानले आन्तरिक रोजगारी प्रवद्धन गर्न कार्यस्थलमा तालिम दिई सिप अभिबृद्धिमा जोड दिनु पर्ने धारणा राख्नु भएको थियो ।

श्रमकार्यलयका प्रमुख मनोज यादवले स्थानिय स्तरमा रोजगारीको अवस्था ,सम्भावना र चुनौतिहरु प्रस्तुत गरेका थिए । नेपालगंज क्याम्पसका प्रमुख गणेश रेग्मीले सबै सरोकारवाल वीच समन्वय गरेर अगाडि बढ्न सकेमा र व्यवहारिक शिक्षामा जोड दिन सकेमा रोजगारी बढ्ने धारण व्यक्त गरे ।

कार्यक्रममा नेपालगंज उद्योग वाणिज्य संघा अध्यक्ष नन्दलाल वैश्यले रोजगारदातालाई सिपयुक्त जनशक्ति चाहिएकोले त्यस तर्फ पहलगर्न सबैलाई अनुरोध गर्दै उद्योग वाणिज्य संघ रोजगारी सिर्जनाको लागि सबै सग हातेमालो गर्न तत्पर रहेको कुरा बताए थिए ।

छलफलमा पत्रकार तुला अधिकारीले रोजगारी प्रवद्धनकमा योगदान सुचना प्रवाहमा जोडदिनु पर्ने धारण राख्नु पर्ने बताए थिए ।बल्र्डभ्यु नेपालका विश्वमणि पोख्ररेलले रोजगार सुचना केन्द्रले रोजगारदाता र कामखोजको बीचमा पुलको काम गर्ने र सुचना प्रवाह विस्तार गरीरहेको जानकारी गराएका थिए ।

कार्यक्रममा सिटिभिटीका क्षेत्रीय प्रमुख यादव सुवेदी , सिपविकास तथा व्यावसायिक तालिम केन्द्र भेरी अञ्चल प्रमुख जेन्टील गौतम ,घरेलुका प्रमुख विष्णु प्र.धिताल ले तालिम ,समन्वय र सिपमको जनकारी दिनु पर्ने धारण राखेका थिए ।

आज नै रोजगार सुचना केन्द्रको प्रचारप्रसार सम्वन्धी समुदायका युवाहरु र अन्य सरोकारवालहरु संग छलफल कार्यक्रम सम्पन्न गरेका थियो ।