विद्यार्थी यार्सा टिप्न गए, शिक्षक म्यादी प्रहरीमा

काठमाडौ,जेठ, ९-

शैक्षिक शत्रको सुरु भएलगत्तै विद्यार्थी यार्सागुम्बा टिप्न जाँदा विद्यालय बन्द भएपछि शिक्षक म्यादी प्रहरीमा भर्ना भएका छन्।

विद्यार्थीहरु यार्सा टिप्न जाने बझाडका सुर्मा, दौलीचौर, काँडा, रिलु, दाँतोला, मेलबिसौना, धमेना सुनिकोट, सैनपसेला, दहगगर क्षेत्रका अधिकांश विद्यालय तीन ९वैशाख, जेठ, असार महिना बन्द हुने गरेका छन्।

सोही मौका छोपेर शिक्षक म्यादी प्रहरीमा भर्ना भएका हुन्। विद्यार्थी यार्सा टिप्न गएपछि बेरोजगार बनेका शिक्षाकले समय सदुपयोग गरेको बताएका छन्। केही शिक्षक गाँउलेसँगै यार्सा टिप्न गएका छन् भने केही भारत घुम्न गएका छन्।

कोहीकोही दुई महिना अन्य आम्दानी हुने काम गर्दछन्। यसवर्ष विद्यालय बन्द भएको अवसरमा स्थानीय स्थानीय निर्वाचन भएकाले यार्सा टिप्ने क्षेत्रका केही शिक्षक भने म्यादी प्रहरीमा भर्ना भएका छन्।आजको अन्नपूर्णमा खबर छ ।