धुर्मुस-सुन्तली फाउण्डेशनलाई फिन्ल्यान्डबाट ६ लाख ६६ हजार रुपैँया सहयोग

सन्जु काउछा/
हेल्सिन्की,कार्त्तीक,२९-

फिन्निश नेपाली समाजले धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि फिन्निश-नेपाली समाज र एनआरएनए फिनल्याण्डको बिशेष पहलमा फिनल्याण्डमा कृयाशिल अन्य सँस्थाहरुको सहयोगमा मंगलबार ६ लाख ६६ हजार ६ सय ६६ रुपैया हस्तान्तरण गरिएको हो ।

फिन्नीस नेपाली समाज

फिन्निश नेपाली समाज र एनआरएनएको अलावा नेपाल फिनल्याण्ड हालेमालो नेटवर्क, नेपाल फिनल्याण्ड एलुम्नि एसोसियसन, तुर्कु नेपाल एसोसियसन, सुओमी नेपाल सेउरा र सन्जाल रेले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरिएको हो ।

समाजका कोषाध्यक्ष मुकुन्द भण्डारी सहित एनआरएनए आईसिसि सदस्य तथा एनआरएनए फिनल्याण्डका निवर्तमान अध्यक्ष बालकृष्ण श्रेष्ठ, नेपाल फिनल्याण्ड एलुम्नि एसोसियसनका राजेश राई र सौरभ ढुङ्गानाले संयुक्त रुपमा धुर्मुस सुन्तली फाउण्डेशनका सिताराम कट्टेल “धुर्मुस”लाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग रकम बुझ्दै कट्टेलके सहयोग कर्ममा जोडीएका संघ सँस्था र सम्पुर्ण फिनल्याण्डमा बसोवास गर्नुहुने सहयोगीहरुलाई हार्दिक धन्यवाद दिएका छन् । गत अगष्टमा मध्य तथा पूर्वी तराई बाढि र डुवानमा परि ठूलो मात्रामा जनधनको क्षती भए पश्चात रौतहटका बाढी पीडितहरुलाई फिन्निस नेपाली समाज, एनआरएनए फिनल्याण्ड लगायत फिनल्याण्डमा कृयाशिल विभिन्न संघसंस्थाहरुको पहलमा झन्डै १३ लाख बराबरको राहत सामाग्रीहरु पठाईएको थियो ।