मगरहरुको महान पर्व माघे संक्रान्ती फुकुओकाको नान हाउसमा मनाईने

कार्यक्रममा आधा दर्जन स्थानीय कलाकारहरुको वेजोड प्रस्तुती रहने

फुकुओका,जापान, पुस,२३-

नेपाल मगर संघ क्युशु जापानले मगरहरुको महान पर्व माघे संक्रान्ती मनाउने भएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्परा हाम्रो संस्कृती जोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व मनाउन लागेको हो । 

मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण मगर समुदायले एक साथ भेला भई माघे संक्रान्ती पर्व मनाउन लागेका हुन् । माघे संक्रान्ती पर्वको रुपमा आयोजना गरिएको कार्यक्रममा शुभकामना आदान प्रदान कार्यक्रम र आधा दर्जन स्थानीय कलाकारहरुको साँस्कृतीक कार्यक्रममा वेजोड प्रस्तुती रहने नेपाल मगर संघ क्युशु जापानले जानकारी दिएको छ ।

कार्यक्रममा पुर्खौ देखि चलन चल्तीमा आएको माघी विशेष परिकारहरु बनाएर खानपिन पनी गरिने आयोजकले बताएको छ । मगर समुदायले पछिल्लो समय माघी पर्वलाई आफ्नो महान पर्वको रुपमा मात्र नभई राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको छ ।

उक्त कार्यक्रममा शुभकामना आदान प्रदानका लागी फुकुओकामा बस्दै आएका अग्रज व्यक्तित्वहरुलाई आमन्त्रण गरिएकोले फुकुओका र कित्ताक्युशु आसपासमा बस्ने सम्पुर्ण मगर समुदायका व्यक्तिहरुलाई अनीवार्य उपस्थितीको लागी आयोजकले आग्रह गरेको छ ।

कार्यक्रम यहि पुस २९ गते आईबार अर्थात २०१९ जनवरी १३ तारिख (निचीयोबी) का दिन दिउँसो २ बजेबाट साँझ पख ९ बजे सम्म फुकुओकामा रहेको नान हाउसमा संचालन हुने भएकोले भनेको समय मै सबैलाई उपस्थीती हुन आयोजकले अनुरोध गरेको छ । जापानमा विभिन्न भिषा र विद्यार्थी भिषामा आएका मगर समुदायले हरेक वर्ष माघे संक्रान्ती पर्व मनाउदै आएका छन् । जसअनुसार यस वर्ष पनी विगतका वर्षहरु झै मनाउदै निरन्तरता दिन लागिएको हो ।