जिल्ला समन्वय परिषद्’ थप उम्मेदवार छनौटमा एमाले

काठमाडौं,साउन,१६-

नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा ‘जिल्ला समन्वय परिषद्’ का थप उम्मेदवारको टुंगो लगाइने प्रचारविभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । साथै बैठकमा पछिल्लो राष्ट्रिय राजनीति र समसामयिक विषयमा पनि छलफल हुने प्रमुख भट्टराईले बताउनुभयो ।

एमालेले यसअघि हिजोको बैठकबाट स्थानीय तहको निर्वाचन अन्तर्गत १४ जिल्लाको ‘जिल्ला समन्वय परिषद्’ का लागि प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको थियो । स्थायी कमिटी बैठकले प्रदेश नम्बर २ को चुनावी रणनीति पनि तय गर्ने जनाएको छ ।