नैतिकताको आधारमा राजीनामा दिएँ – गोकुल बाँस्कोटा

काठमाडौं, फागुन,८-सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बताएका छन् ।

बिहीबार ट्वीटरमार्फत् उनले आफ्नो राजीनामाबारे जानकारी गराएका हुन् ।

‘मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु । धन्यवाद ।’–उनले ट्वीटमा लेखेका छन् ।