फेसबुकमा शेरे नामले चर्चित व्यक्ति को हुन् ? उनको बास्तविकता यस्तो छ।

काठमाण्डौं,साउन,१६-

हरेक दिन सामाजिक संजाल फेशबुक , टूविटरका, वालहरुमा श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइृट) स्केचमा देखिने एक पात्र निकै विश्व चर्चित फोटो छ । नेपालमा भने यी व्यक्तिलाई ‘शेरे’ बनाउँदै हाँस्यव्यंग्यमा खुवै प्रयोग गरिन्छ ।

त्यो तपाईको फेशबुकका वालहरुमा पनि आएका छन् होला । जसमा फोटो सहितको हाँस्यव्यंग्य पढ्दा निकै हास्नु हुन्छ होला । तर, यी को हुन् भन्ने विषयमा भने तपाईलाई जानकारी नहुन पनि सक्छ ।स्केच देखिने यि व्यक्ति चिनियाँ खेलाडी हुन् ।

बास्केटबल खेलाडी याओ मिङ

उनी चीनका चर्चित बास्केटबल खेलाडी याओ मिङ हुन् । २००२ मा चिनको राष्ट्रिय टीमबाट बास्केटबल खेल्न सुरु गरेका उनी ७ फिट ६ इन्च अग्ला मिङ यहि स्केचबाट विश्वभर चर्चित छन् ।

१८ वर्षको उमेरमा बास्केटबलबाट खेल जीवन सुरु गरेका उनले यो स्केचको अवधारणा भने  एक पत्रकार सम्मेलनबाट निस्केको हो ।पत्रकार सम्मेलनमा प्रश्न हाँसेर उत्तर दिँदै गर्दा उनले यस्तो मुहार बनाएका थिए ।

बास्केटबल खेलाडी याओ मिङ

जुन फोटो सन् २००९ (मे ) महिनामा भएको खेलपछिको पत्रकार सम्मेलनको हो । पहिलोपटक उनको स्केच बनाएर एकजना चित्रकारले व्यङ्ग्यमा प्रयोग गरेका थिए । त्यसपछि उनको तस्बिर व्यङ्ग्यमा विश्वभर सर्वत्र देखिन थालेको थियो । एजेन्सी