अत्यन्तै रमाईलो गित “टिकटकले बिगार्यौ” सार्बजनीक (भिडीयो सहित )

काठमाण्डौं,चैत्र,२२-

सामाजिक बिकृति विसंगतिलाइ व्यंग्य प्रहार गर्दै तयार पारिएको फरक अनि अत्यन्तै रमाइलो गीत “टिकटकले बिगार्यो ” भर्खरै मात्रै सार्बजनिक भएको छ । देवी घर्ति , समिर बिष्णु खत्री को स्वरमा रहेको गीतको दृश्य निर्माण अविरल फिल्म्सले गरेको छ, भने बिष्णु भट्टराईको निर्देशन रहेको छ ।

चर्चित हास्य कलाकार सरापे , बिमली, शितल र अर्जुन कुँवर को ससक्त अभिनय देख्न सकिन्छ भने बाल कलामारमा अविरल भट्टराई र अमृता पौडेललाइ समेत देख्न सकिन्छ । 

योग्सना डिजिटलको प्रस्तुति रहेको गीतको प्रस्तुतकर्ता नारायण प्रसाद अर्याल र समिर बिष्णु खत्री रहेका छन् सगुन शर्माको श्रीन्गार रहेको सो भिडियोमा सामाजिक संजाल जस्तै फेसबुक , भाइबर,इमो ,टिकटकको कारण बिकृति विसंगती भित्रिएका कुराहरुलाई तिखो प्रहार गरिएको छ ।

(गितको भिडियो हेर्नको लागी दिएको लिंकमा क्लिक गर्नुहोस् )