प्रवासी नेपाली मंच ईजरायलको पहिलो बार्षिक उत्सवका लागि एमाले पोलिटब्यूरो सदस्य बिन्दा पाण्डे ईजरायल आउने

दिनेश खड्का खप्तडी

ईजरायल,जेठ,२७-

जनताको बहुदलीय जनवादको मागदर्शनमा समृद्ध नेपालको निर्माण गरौ’प्रवासी नेपालीको आवस्यकता नेकपा एमालेमा सहभागिता अनेकतामा एकता प्रवासी नेपाली हरुको प्रतिबद्धता लाई आत्मसात गर्दै प्रवासी नेपाली मंच इजरायलले आफ्नो प्रथम वार्षिक उत्सब तथा अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ ।

उक्त कार्यक्रम जुन २३ शुक्रबार इजरायलमा हुने छ भने आयोजित कार्यक्रमका लागि प्रमुख अतिथिको रुपमा नेकपा एमाले केन्द्रीय पोलिटब्यूरो सदस्य एव प्रवास बिभाग प्रमुख तथा युवा नेत्री बिन्दा पाण्डे ईजरायलमा आउने मन्च कि केन्द्रीय सदस्य अन्सु अनु थापाले जानकारी दिनुभयो छ ।

नेकपा एमाले प्रती आस्था राख्ने इजरायलमा रहनुहुने सम्पुर्णलाइ उपस्तिथिको लागि आयोजकले निमन्त्रणा गर्दै एक विज्ञप्ति मार्फत प्रवासी नेपालीहरुलाई एक ठाउँमा एकजुट बनाएर सम्पुर्ण प्रवासी नेपाली हरुको आवाजलाई बुलन्द गर्दै सम्वन्धित ठाउँ सम्म पुराउने श्रमिकहरुको हकहितको रक्षा गर्दै उनिहरुमाथी हुने अन्याय, अत्याचार तथा थिचो मिचोका विरुद्ध आवाज उठाउने, नेपालीहरु

माथी आई पर्ने विभिन्न खालका समस्या समाधानमा पहल गर्ने तथा इजरायलको सन्दर्भमा विभिन्न रचनात्मक, श्रृजनात्मक तथा मनोरञ्जनात्मक कामहरु गरी इजरायलमा रहेका सम्पुर्ण नेपालीको सुख र दुखको साथीका रुपमा इजरायलमा कृयाशिल गर्दै एकबर्ष पुरा भएको अवसरमा कार्यक्रम​ आयोजना गरिएको विज्ञप्तिमा उलेख्य गरिएको छ। कार्यक्रम ईजरायलको समय अनुसार साँझ छ बजे उदघाटन हुने थापाले बताएकि छिन ।