थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ हजार नाघ्यो

काठमाडौं,असार,७-नेपालमा आईतबार ४ सय २१ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै कोरोना संक्रमित हुनेको संख्या ९ हजार २६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा ६४ महिला सहित ४ सय २१ जना नयाँ संक्रमित थपिएको जनाकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर १ सय ९४ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।योसहित उपचारपछि निको भएर घर फर्किनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ । जसमा १ सय ४९ महिला रहेका छन् ।

कोरोनाबाट हालसम्म २३ जनाको मृत्यु भएको छ ।हालसम्म कोरोना ७५ जिल्लामा फैलिएको छ ।९४ हजार ९ सय जना क्वारेन्टिनमा रहेका छन् भने ७ हजार २ सय ३१ जना आइसोलेसनमा रहेका छन् ।पाँच सय पाँच जना रेडजोनमा परेका छन् ।