गाभरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

डम्मर थापा मगर/

बाँके, पुस ९-
पुर्वपश्चिम राजमार्गको राप्तीसोनारी १ गाभरमा ट्रकको ठक्करबाट एक पै्रदलयात्रीको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ४ ख १६४५ नम्बरको ट्रकको ठक्करबाट गएराती ८ बजे मानबहादुर डाङ्गीको मृत्यु भएको हो ।

राजमार्गमा हिडिरहेका डाङ्गीलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमा उनको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।